arrow

पाँच विद्यार्थी संगठनले काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १७ बिहिबार
NSU-vrikuti.jpg

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलनिकट पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाएका छन् ।

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका उनीहरुले विभिन्न नारा लगाउँदै प्रतिगमन सच्चिनुपर्ने लगायतका माग गरे । प्रदर्शनका क्रममा प्रहरीले गरेको धरपकडले केही विद्यार्थी घाइते भएको र केहीलाई प्रहरीले नियन्त्रणमा लिएको नेविसंघ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलले जानकारी दिए ।

प्रदर्शनका क्रममा विद्यार्थी संगठनहरुले विद्यार्थी र शिक्षकलाई छिटो कोरोनाविरूद्ध खोप दिन पनि माग गरेका छन्। प्रधानमन्त्री ओलीले गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरेपछि बनेको विपक्षी ५ दल सम्बद्ध गठबन्धनले निरन्तर सरकारविरुद्ध खबरदारी गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ