आईसीजेले डब्ल्यूएचओलाई कोरोना भाइरसको उत्पत्तिसम्बन्धी सबै तथ्य सार्वजनिक गर्न निर्देशन
एजेन्सी
प्रकाशित २०७८ असार १८ शुक्रबार
1.9k
Shares
फाइल तस्बिर
जेनेभा। अन्तर्राष्ट्रिय न्याय परिषद् (आईसीजे) ले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भ्याइसको उत्पत्ति सम्बन्धी सम्पूर्ण वैज्ञानिक र चिकित्सासम्बन्धी तथ्यहरू सार्वजनिक गर्न निर्देशन दिएको छ । आईसीजेले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट उत्पन्न भएको हो वा होइन अथवा वुहानमा 'वेट मार्केट' बाट आएको भन्नेसम्बन्धी सबै तथ्यहरू सार्वजनिक गर्न निर्देशन दिएको हो ।
अन्तर्राष्ट्रिय न्याय परिषद्का अध्यक्ष डा. अदिस सी अग्रवालले डब्ल्यूएचओका महासचिवलाई लेखेको पत्रमा भनेका छन्, "नोबेल कोरोना भाइरसको प्रसारसँगै विभिन्न देशहरूमा उठेको प्रश्न हरुलाई लिएर चिन्तित बनाएको छ । कोभिड १९ प्रयोगशालाबाट यस खतरनाक भाइरसको उत्पत्ति र प्रसारको बारेमा विभिन्न वैज्ञानिक, चिकित्सा र पत्रकारिता रिपोर्टहरूमा व्यक्त भएको डर र चिन्ताको लागि विश्वसनीयता आधारहरू सार्वजनिक गर्न आह्वान गर्दछु ।"
उक्त पत्रले कोभिड-१९ चीनको वुहान प्रान्तको बजारमा देखा परेको बखत विश्वलाई समयमै यसबारे सूचित नगरिएको बारेसमेत ध्यानाकर्षण भएको जनाइएको छ । "सबै अधिकारीहरू जसले पहिले नै संसारलाई सावधानी अपनाउनु पर्ने कर्तव्य पाएका थिए, त्यसो गरेनन्, जसले विश्वव्यापी लाखौँ मानिसहरूले अत्यन्तै ज्यान, सम्बन्ध र सम्पत्ति गुमायो । हामी विभिन्न प्राधिकरणको उदासीनता र यस अवधिमा डब्ल्यूएचओद्वारा देखाइएको चिन्ताको अभावबाट धेरै दुखित भयौँ," उनले भने ।
डा. अग्रवालले डब्ल्यूएचओको ध्यान हालसालैका अस्ट्रेलियाको समाचारप्रति आकर्षित भएकोसमेत जनाएका छन् । कोरोना महामारी अघि चिनियाँ वैज्ञानिकहरू र स्वास्थ्य अधिकारीहरूले लेखेका दस्ताबेजमा भनिएको छ कि सार्स कोरोना भाइरस "आनुवंशिक हतियारको नयाँ युग" हो । जसलाई "कृत्रिम रूपले हेरफेर गर्न सकिन्छ" । यसलाई मानव रोग फैलाउने भाइरसको रूपमा विकास गर्न सकिनेबारे प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस प्रतिवेदनका सामग्रीहरूले यो स्पष्ट पारेको छ कि भाइरस मानव-निर्मित र प्रयोगशालाबाट रिलिज गरिएको र चिनियाँ सरकारले पनि यसैलाई हतियार बनाउने योजना बनाएको हुनसक्ने आशङ्का पैदा भएको छ ।
डा. अग्रवालले टिप्पणी गरे कि आईसीजेले अप्रिल २०२० लाई संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा मुद्दा उठाएको थियो, तर महामारीको दोस्रो लहरले यसका लागि ठोस प्रमाण सङ्कलन गर्न समस्या गरेको छ ।