arrow

आईसीजेले डब्ल्यूएचओलाई कोरोना भाइरसको उत्पत्तिसम्बन्धी सबै तथ्य सार्वजनिक गर्न निर्देशन

logo
एजेन्सी
प्रकाशित २०७८ असार १८ शुक्रबार
icj-logo-international-commission-jurists.jpg
फाइल तस्बिर

जेनेभा। अन्तर्राष्ट्रिय न्याय परिषद् (आईसीजे) ले विश्व स्वास्थ्य सङ्गठनलाई कोरोना भ्याइसको उत्पत्ति सम्बन्धी सम्पूर्ण वैज्ञानिक र चिकित्सासम्बन्धी तथ्यहरू सार्वजनिक गर्न निर्देशन दिएको छ ।  आईसीजेले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट उत्पन्न भएको हो वा होइन अथवा वुहानमा 'वेट मार्केट' बाट आएको भन्नेसम्बन्धी सबै तथ्यहरू सार्वजनिक गर्न निर्देशन दिएको हो । 

अन्तर्राष्ट्रिय न्याय परिषद्का अध्यक्ष डा. अदिस सी अग्रवालले डब्ल्यूएचओका महासचिवलाई लेखेको पत्रमा भनेका छन्, "नोबेल कोरोना भाइरसको प्रसारसँगै विभिन्न देशहरूमा उठेको प्रश्न हरुलाई लिएर चिन्तित बनाएको छ । कोभिड १९ प्रयोगशालाबाट यस खतरनाक भाइरसको उत्पत्ति र प्रसारको बारेमा विभिन्न वैज्ञानिक, चिकित्सा र पत्रकारिता रिपोर्टहरूमा व्यक्त भएको डर र चिन्ताको लागि विश्वसनीयता आधारहरू सार्वजनिक गर्न आह्वान गर्दछु ।"

उक्त पत्रले कोभिड-१९ चीनको वुहान प्रान्तको बजारमा देखा परेको बखत विश्वलाई समयमै यसबारे सूचित नगरिएको बारेसमेत ध्यानाकर्षण भएको जनाइएको छ । "सबै अधिकारीहरू जसले पहिले नै संसारलाई सावधानी अपनाउनु पर्ने कर्तव्य पाएका थिए, त्यसो गरेनन्, जसले विश्वव्यापी लाखौँ मानिसहरूले अत्यन्तै ज्यान, सम्बन्ध र सम्पत्ति गुमायो । हामी विभिन्न प्राधिकरणको उदासीनता र यस अवधिमा डब्ल्यूएचओद्वारा देखाइएको चिन्ताको अभावबाट धेरै दुखित भयौँ," उनले भने ।

डा. अग्रवालले डब्ल्यूएचओको ध्यान हालसालैका अस्ट्रेलियाको समाचारप्रति आकर्षित भएकोसमेत जनाएका छन् । कोरोना महामारी अघि चिनियाँ वैज्ञानिकहरू र स्वास्थ्य अधिकारीहरूले लेखेका दस्ताबेजमा भनिएको छ कि सार्स कोरोना भाइरस "आनुवंशिक हतियारको नयाँ युग" हो । जसलाई "कृत्रिम रूपले हेरफेर गर्न सकिन्छ" । यसलाई मानव रोग फैलाउने भाइरसको रूपमा विकास गर्न सकिनेबारे प्रतिवेदनमा उल्लेख गरिएको छ । 

यस प्रतिवेदनका सामग्रीहरूले यो स्पष्ट पारेको छ कि भाइरस मानव-निर्मित र प्रयोगशालाबाट रिलिज गरिएको र चिनियाँ सरकारले पनि यसैलाई हतियार बनाउने योजना बनाएको हुनसक्ने आशङ्का पैदा भएको छ ।

डा. अग्रवालले टिप्पणी गरे कि आईसीजेले अप्रिल २०२० लाई संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा मुद्दा उठाएको थियो, तर महामारीको दोस्रो लहरले यसका लागि ठोस प्रमाण सङ्कलन गर्न समस्या गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ