arrow

नेविसंघका विद्यार्थीहरुले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १९ शनिबार
manoj badhya.jpg

काठमाडौं । पाँच विद्यार्थी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध विभिन्न ठाउँमा शनिबार पनि प्रदर्शन गरेका छन् ।

शनिबार चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसका स्ववियू सभापति मनोज वैद्यको नेतृत्वमा नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्लासमेत दहन गरेका छन् । पुतला जलाउने क्रम प्रहरी र विद्यार्थीबिच केहीबेर घम्साघम्सी भएको छ ।

मित्रपार्कमा मसाल जुलुस निकाल्दै पुत्ला पनि जलाएका हुन् । विद्यार्थीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिनुपर्नेलगायतका मागहरु गरेका छन् । त्यस्तै शनिबार कोटेश्वर बहुमुखी क्याम्पसमा पनि नेविसंघले प्रदर्शन गरेको छ ।

शुक्रवार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले थप ८ बुँदे आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस सहित प्रदर्शन गर्ने, असार २० गते विद्यार्थी आन्दोलनका पुर्व अध्यक्षसँग अन्तक्रिया, २१ गते संविधानको प्रति प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ