arrow

मेस्सीले अर्जेन्टिनालाई पुर्‍याए कोपा अमेरिकाको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
leonel-messi.JPG

काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनालाई कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुर्याउन सफल भएका छन् । आइतबार बिहान भएको क्वार्टरफाइनलमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो । 

ब्रजिलमा जारी प्रतियोगितामा अर्जेन्टिना ३–० गोल अन्तरले विजयी भएको हो । मेस्सीले तीन वटै गोलका लागि भूमिका खेलेसँगै टिमले शानदार जित निकालेको हो । 

अर्जेन्टिनालाई जित दिलाउन मेस्सीसँगै रोड्रिगो डी पल र लौराटो मार्टिनेजले समान एक एक गोल गरे ।

४० औं मिनेटमा रोड्रिगोले पहिलो गोल गरेका थिए । ८४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै २–० ले अग्रता दिलाए । इन्जुरी समयमा पिएरो हिन्कापीले रातो कार्ड खाएसँगै अन्तिम समयमा इक्वेडर १० खेलाडीमा सीमित भएको थियो । 

त्यसपछि अन्तिम समयमा मेस्सीले गोल गर्दै टिमलाई जिताए । स्पेनिश क्लब बार्सिलोनाबाट रिलिज भएसँगै मेस्सीको खेलमा थप आकर्षण र चमक आएको छ । 

अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले क्वार्टरफाइनलमा उरुग्वेलाई हरायो । 

आइतबार बिहानै भएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

जसमा कोलम्बियाले ४–२ ले विजयी रह्यो ।

अर्को सेमिफाइनलमा ब्रजिल र पेरु खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ