arrow

सचिवमा बढुवा भए पछि सोझै मन्त्रालयमा पदस्थापन

logo
आकाश शर्मा,
प्रकाशित २०७८ असार २२ मंगलबार
secreatary.jpg

काठमाडौँ। सहसचिवबाट सचिवमा बढुवा भए पछि पहिलो पदस्थापन काठमाडौँ बाहिर गर्ने परम्परा छ । तर पहुँचवाला केही सचिवको हकमा भने यो परम्परा लागु भएको पाइएको छैन। केही दिन अघि मात्र इन्जिनियरिङ सेवा तर्फ सहसचिवबाट सचिवमा बढवा भएकी प्रमीला बज्राचार्यलाई सरकारले सोझै खानेपानी मन्त्रालयमा पदस्थापन गरेको छ ।

यसअघि सहसचिवबाट सचिवमा बढुवा भएर पहिलो पदस्थापन काठमाडौँमै गरिएका मधु मरासिनी र सूर्य गौतम भाग्यमानी सचिव हुन् । भाग्यमानी सचिवको सूचिमा बज्राचार्यको नाम पनि थपिएको छ । त्यसो त, बज्राचार्य इन्जिनियरिङ सेवाबाट बढुवा भएकी हुन् । उनलाई मिल्ने पद काठमाडौँ बाहिर नभए पनि मन्त्रालय बाहिर नेपाल ट्रस्ट, कार्यालय, पुन निर्माण प्राधिकरण, जल तथा ऊर्जा आयोगमा उनलाई पठाउन सकिन्थ्यो । त्यहाँ कार्यरत सचिवलाई मन्त्रालयमा पठाएर रिक्त ठाउँमा बज्राचार्यलाई पठाउन सकिन्थ्यो। तर सरकारले बज्राचार्यलाई सोझै मन्त्रालय पठाएको छ । त्यसो त, राष्ट्रिय सतर्कता केन्द्रमा पनि सरकारले प्राविधिक सेवाका सचिवहरूलाई पठाउने गरेको छ । 

सहसचिवबाट सचिवमा बढुवा हुने बित्तिकै पहिलो पदस्थापन सोझै मन्त्रालयमा गरिएका घटना निकै न्यून हुने गरेका कर्मचारीहरू बत्ताउँछन् । बढुवा समितिले बज्राचार्यको नाम दोस्रो नम्बरमा राखेको थियो, पहिलो नम्बरमा सुशील चन्द्र तिवारीलाई राखेको थियो । तर, सरकारले दोस्रो नम्बरमा राखिएकी बज्राचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय मात्र गरेन पहिलो पदस्थापन नै काठमाडौँमै गर्‍यो ।  तिवारीको बढुवा दोस्रो लटमा गरिएको छ । 

सत्तारुढ दल नेकपा एमालेको केपी ओली खेमासँग निकट मानिएकी कारण प्रमीलालाई यस्तो सुविधा प्राप्त भएको कर्मचारीहरूको बुझाई छ । सचिवमा बढुवा हुनु अघि उनी रेल्वे विभागको महानिर्देशक पदमा कार्यरत थिइन । 

लोकसेवा आयोगमा  पदाधिकारी रिक्त भएको बेला सरकारका विभिन्न निकायमा १० जना सचिव पद रिक्त थिए । आयोगमा पदाधिकारी नियुक्त भए पछि बढुवा समितिले धमाधम रिक्त स्थानमा बढुवा कोलागि सिफारिस गर्ने गरेको छ । लोकसेवा आयोगका अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवा कोलागि वरिष्ठ सहसचिवहरूको नाम सिफारिस गर्ने र सिफारिस गरिएका नामहरूबाट सरकारले बढुवा गर्ने निजामती सेवा ऐन २०४९मा व्यवस्था छ । 

सरकारले यो साता गणेशप्रसाद पाण्डे, डा. दामोदर रेग्मी, प्रमीला बज्राचार्य, डा. कृष्णप्रसाद आचार्य, तोया ज्ञवाली, रामकृष्ण सुबेदी, सुरेश आचार्य, मधुसूदन बुर्लाकोटी, सुशील चन्द्र तिवारी लगायतलाई वरिष्ठ सचिवबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा गरिएका सचिवहरूलाई सरकारले विभिन्न  निकायमा पदस्थापन पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ