arrow

मुख्यसचिवका लागि दौडधूप, शक्तिकेन्द्रमा धाउँदै आकांक्षीहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २९ मंगलबार
pm-office-new-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले टेरामक्स खरिद प्रकरणको मुद्धालाई टुंग्याउने अवस्थामा पुर्याउँदै गर्दा सिंहदरबारमा मुख्यसचिव को हुने भनेर दौडधूप चलिरहेको छ । 

आयोगले सकेसम्म यसै साता नत्र अर्को सातासम्म टेरामक्स खरिद प्रकरणको मुद्धा टुंग्याएर विशेष अदालत लैजाने सुइँको पाएपछि मुख्यसचिवमा रस्साकस्सी चलेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानबिन गरी आरोपित उपर मुद्दा चलाउने तयारी गरेको छ । 

यस विषयमा अख्तियारले मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायतसँग बयान लिइसकेको छ । नेपाल टेलिकमको ‘बिलिङ सिस्टम’ खरिद घोटालामा पनि अर्यालको संलग्नता देखिएको भन्दै आयोगले अनुसन्धान थालेको छ । 

दुई दिनअघि मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एउटा पत्र लेखी खरिदसँग सम्बन्धित रहेको कागज पत्र झिकाएको थाहा पाएपछि सिंहदरबारमा कार्यरत रहेका सिनियर सचिवहरुले राजनीतिक ढोका चौका चाहर्न लागेका हुन् ।

गृह मन्त्रालयमा रहेका गृहसचिव एकनारायण अर्याल र महिला मन्त्रालयमा रहेका दिनेश भट्टराईबीच मूख्यसचिवका लागि दौडधुप चलेको हो । 

रामकृष्ण सुवेदी केही समयपछि घर जाने भएकाले उनी रिंग आउट भएका छन् । अर्याल स्याङजाका भएकाले गण्डकी प्रदेशका एमालेका सबैजसो नेताहरुको घर घरमा पुगेर आफू मुख्यसचिवको लागि योग्य रहेको बताउँदै हिडेका छन् । 

तत्कालीन समयमा सचिव देवकुमारी गुरागाईं, सचिव केबल भण्डारी, सचिव सुरेश अधिकारीले अवकाश पाएसँगै अर्याल र भट्टराईबीच प्रतिस्पर्धा चलेको हो । तोयानारायण ज्ञवाली रहे पनि उनी दौडमा लागेका छैनन् ।

सचिवको कार्यकाल सकिनुभन्दा ३ दिनअघि मुख्यसचिवमा बढुवा भएका अर्यालमाथि टेरामक्स खरिदमा भूमिका देखिएपछि अख्तियारले उनी विरुद्ध मुद्धा चलाउने निश्चित भएको छ ।  

मुख्यसचिवमा बढुवा नभएको भए उनी गत वर्षको असारमै सेवानिवृत्त हुन्थे । सुरक्षा परिषद् सल्लाहकार बनाउने सर्तमा शंकरदास बैरागीलाई मुख्यसचिवबाट राजीनामा गर्न लगाइएको थियो । 

मुख्यसचिवको कार्यकाल तीन वर्षको हुन्छ । तीन वर्ष पूरा नहुँदै ५८ वर्ष पुगे सेवाबाट अवकाश पाउने व्यवस्था निजामती सेवा ऐन, २०४९ मा छ । 

पूरा कार्यकाल पूरा नगरी मुख्यसचिव पदबाट राजीनामा गर्ने परम्परा तत्कालीन मुख्यसचिव सोमलाल सुवदीले शुरु गरेका थिए । 

एक वर्ष कार्यकाल बाँकी छँदै उनी एसियाली विकास बैक (एडीबी) को वैकल्पिक सल्लाहकारमा जागिर खान फिलिपिन्स गएका थिए । 

सेवाबाट राजीनामा नदिइकन उनी एडीबीको जागिर खान गएका थिए । यसरी मुख्यसचिवको रोलक्रम मिचिएपछि अहिले अर्याल मुख्यसचिव भएका हुन् । 

यही पदका लागि एकनारायण अर्यालले एमालेका नेताहरु प्रयोग गरेर बालकोटसम्म पुग्न भ्याएका छन् । विगतमा वामदेव गौतमको स्वकीय सचिवालयमा रहेका अर्याललाई बालकोटले पत्याइहाल्ने अवस्था बनिसकेको छैन । 

गृहमन्त्री रवि लामिछानेसँग पनि सम्बन्ध बिग्रेका कारण उनी पटक–पटक बालकोट धाइरहेका छन् । 

लामिछानेले उनलाई हटाउने कोसिस गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बालकोटबाट एमाले अध्यक्ष केपी शर्मा ओलीको ग्रीन सिग्नल नपाएपछि त्यत्तिकै रोकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ