arrow

अब छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छ: ओली

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
kp-opening.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थुपै ऐतिहासिक महत्व बोकेको सप्तरी अब उप्रान्त पछाडी परेको जिल्लाका रुपमा नरहने बताएका छन् ।

सप्तरीको राजविराजमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको मंगलबार भुर्चअल शिलान्यास पछि कार्र्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रतिष्ठान सप्तरीमा आजसम्म बनेका विकास परियोजना मध्ये सर्वाधिक ठूलो परियोजना बन्न जाने बताए ।

प्रतिष्ठानको स्थापनासँगै जिल्लामा स्तरीय चिकित्सा शिक्षाको अवसरका साथै अन्य आर्थिक गतिविधि तिव्र हुने धारणा पनि प्रधानमन्त्रीको थियो ।

आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको कुरा अघि बढाएको र निकट भविष्यमा सञ्चालन हुने पुर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीमा समृद्धिका आयाम थप गर्ने भनाई प्रधानमन्त्रीको थियो ।

प्रदेश २ को राजनीतिक समीकरणतर्फ संकेत गर्दै प्रधानमन्त्रीले राजनीतिक विचार आआफ्ना हुने भए पनि एक अर्का प्रति सहिष्णुहुँदै जनताका साझा समस्याको मिलेर समाधान गर्नुपर्ने पनि बताए । सप्तरीको पश्चिमी क्षेत्रमा सुनकोसी मारिन डाइभर्सनले सिंचाइको सुविधा पुर्याउने पनि प्रधानमन्त्रीले उल्लेख गरे ।

सप्तरीका जनतालाई कुनै पनि किसिमको साम्प्रदायिक वा क्षेत्रीय भावना लिएर बेमेलको भाव नराख्न आग्रह गरे । हामी विचमा रहेका विविधता सम्पत्ती भएकोले त्यसलाई मनमुटाव वा द्वन्द्वको विषय नबनाउन पनि उनले आग्रह गरे ।

सबैथरी जनता मिलेर नै देशको विकास गर्नु प्रमुख कर्तब्य भएको बताउँदै उनले भने,‘अब देशभित्र रोजगारीका अवसरहरु सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छ ।’

सप्तरीको राजविराजमा बन्न लागेको प्रतिष्ठानबाट सप्तरी सहित तराईका १० जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका जनताले समेत स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ