काठमाडौं। आयोजक फ्रान्स जर्मनीलाई हराउँदै युरो २०१६को फाईनलमा प्रवेश गरेको छ। फ्रान्सले जर्मनीलाई २-० गोलले पराजित गरेको हो। फाईनलमा फ्रान्सले पोर्चुगलको सामना गर्ने छ।
फ्रान्सको जितकालागि एन्टोनी ग्रिजम्यानले दुवै गोल गरेका थिए। खेलको ४५औं मिनेटमा पेनाल्टी मार्पत पहिलो गोल गरेका थिए भने ७२औं मिनेटमा दोस्रो गोल गर्दै ग्रिजम्यानले प्रतियोगितामा आफ्नो कुल गोल संख्या ६ पुर्याएका छन्। ६ गोल सहित ग्रिजम्यान युरो २०१६को सार्वाधिक गोलकर्ता भएका छन्।
जर्मनीका कप्तान स्वेन्सटाइगरले डि-एरिया भित्र हातले बल रोक्दा पाएको पेनाल्टीलाइ फ्रान्सले खेर जान दिएन भने दोस्रो गोलमा गोलकीपरले गरेको सानो गल्तिको फाईदा ग्रिजम्यानले उठाउँदै गोल गरेका थिए।
खेलको धेरै समय जर्मनीले बल नियन्त्रणमा राखेको थियो तर गोल गर्न नसक्दा खेल फ्रान्सको पक्षमा पुगेको थियो। ६५% बल जर्मनीले आफ्नो पक्षमा पारेको थियो।
जर्मनीको आक्रमणलाइ निस्तेज पार्न फ्रान्सका रक्षापंक्तिका खेलाडीहरुले राम्रो प्रयास गरेका थिए। बिशेष गरेर गोलकिपर ह्युगो लोरिसले केही उत्कृष्ठ बचाउ गरेका थिए।