arrow

पाँच महिना भित्र सबै जनसंख्यालाई खोप लगाइसक्छौं: प्रधानमन्त्री ओली  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २७ आइतबार
kp-bir.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने बताएका छन् ।

वीर अस्पतालको नवनिर्मित सल्यचिकित्सा भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्रीले हिजो मात्र खोपको थप मात्रा प्राप्त भएको, भोलीसमेत आउने र अब निरन्तर ल्याउनका लागि सरकार लागि परेको बताए ।

‘कोभिड विरुद्धको खोप गति साथ ठूलो संख्याका जनतालाई दिन विभिन्न देश र कम्पनीहरुसँग सहमति र संवाद गरिरहेछौं यसरी लगभग सन् २०२१ भित्र मोटमोटी सबै जनसंख्यालाई हामी खोप लगाइसक्छौं’,उनले भने । 

यस अवधिमा सामाजिक दुरी कायम राख्ने, मास्कलगायतका स्वास्थ्य मापदण्ड पालना गर्ने काम भने संसारभरबाट कोभिड १९ समाप्त नभएसम्म जारी राख्नुपर्ने उनले बताए ।

सरकारले निरोगी नेपालको मुख्य अवधारणा लिनुका साथै रोग लागि हालेमा प्रभावकारी र सफल चिकित्सा पद्धतिमार्फत उपचार सेवा जनतासमक्ष लैजाने भनाई पनि उनको थियो । यस्तो उपचार जनताको जनताको क्रय शक्ति भित्रकै रहोस् र खर्चिलो उपचार सेवासमेत बिमाले समेटदै जाने बनोस् भन्ने पक्षमा सरकार रहेको पनि उनले बताए ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जागेश्वर गौतमले २०७४ साल फागुन २५ गते शिलान्यास भएको सर्जिकल भवन समय भन्दा अगाडी नै निर्माण सम्पन्न हुनु खुसीको विषय भएको बताए ।

सर्जिकल भवनको निर्माणबाट वीर अस्पतालमा थप ५०० शैया थपिएको बताउँदै अब नयाँ भवनमा कोभिड र पुरानो भवनमा गैर कोभिडको उपचार गर्न सहज भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ