arrow

कोभ्याक्स सुविधाबाट अमेरिकाले दिएको १५ लाख डोज खोप नेपाल आइपुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २८ सोमबार
US-vacnicee.jpg

काठमाडौं । अमेरिकी सरकारले अनुदान स्वरुप दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । दुबईबाट कतार एयरवेजमार्फत आएको खोप सोमबार बिहान त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गतबाट १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो । अमेरिकी खोप उत्पादक कम्पनी जोनसन एन्ड जोनसनले उत्पादन गरेको यो खोपको एक डोज मात्रै लगाउँदा पुग्छ । जोनसन नाम दिइएको यो खोप झण्डै १५ लाख मानिसलाई लगाउन पुग्ने छ ।

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराएसँगै नेपालका अमेरिकी राजदुत रेन्डी बेरीले आज, जोन्सन एन्ड जोन्सन कोभिड १९ खोपको १५ लाख ३० हजार मात्रा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको घोषणा गर्न पाउँदा अमेरिकालाई गर्व लागेको बताएका छन् ।

यो अनुदानले नेपाली जनताप्रति अमेरिकाको दशकौं पुरानो प्रतिबद्धता पुनः पुष्टि गरेको र कोभिड १९को सङ्कटका बेला नेपाललाई गरिरहेको अमेरिकी सहयोग जारी भएको उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ