arrow

यसकारण आएको थियो अमेरिकी जहाज

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ४ शुक्रबार
ktm.jpg

काठमाडौं । शुक्रबार अमेरिकी एयर फोर्सको एउटा जहाज काठमाडौं आएपछि यो बिषयले यतिबेला सामाजिक सञ्जालमा ठूलो चर्चा पाइरहेको छ ।

खासगरी रुस-युक्रेनबीच युद्ध भइरहेका बेला र नेपालमा एमसीसीसमेत पास भइसकेपछिको अवस्थामा अचानक अमेरिकी जहाज काठमाडौंमा देखिँदा मानिसहरुले विभिन्न शंकाउपशंकाका साथ टिकाटिप्पणी गरिरहेका छन् ।

शुक्रबार बिहान करिब सवा ९ बजे अमेरिकी एयर फोर्सको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । अमेरिकी विमानले विमानस्थलमा अवतरण गरेपछिको तस्बीरहरु अहिले सामाजिक सञ्जालमा चर्चामा छन् र अनेकौं किसिमले टिकाटिप्पणीहरु भइरहेका छन् ।

यस बिषयमा विमानस्थलका एक अधिकारीले भने अमेरिकी जहाज काठमाडौं स्थित अमेरिकी दूतावासको सामान बाकेर आएको बताएका छन् । शुक्रबार बिहान सवा ९ बजे आएको जहाज पौने १२ बजे फिर्ता गइसकेको ती अधिकारीले बताए ।

यसअघि पनि अमेरिकी जहाज आएर यसरी नै दूतावासको सामग्री ल्याउने गरेको ती अधिकारीले बताएका छन् । पहिले पनि यसरी अमेरिकी जहाज आउने गरेको र सामाग्री छोडेर फर्किेन गरेको ती अधिकारीले बताए । यद्यपि के सामान ल्यायो भनेर आफुहरुलाई थाहा नभएको ती अधिकारीको भनाइ छ ।

वर्षमा अथवा कहिलेकाहिँ आउने गरेको भएपनि अहिले रुस-युक्रेनयुद्ध भइरहदा अथवा अन्य कारणले किन आयो भनेर शंका गरिएको छ त्यस्तो केही हैन् उनले भने ।

यस बिषयमा परराष्ट्र मन्त्रालय स्रोतले कुनै जानकारी नभएको बताएको छ । अमेरिकी जहाज आएको भए समन्वय गरेरै आएको र अन्यथा भए परराष्ट्रलाई जानकारी हुनुपर्ने भन्दै समन्वय गरेरै आएको हुनुपर्ने ती अधिकारीको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ