arrow

परराष्ट्र मन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
dr. narayan khadhka us ambassdor.jpg

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई भेटेका छन् । दूतावासमै गएर परराष्ट्र मन्त्री खड्काले अमेरिकी राजदूत बेरीलाई भेटेका हुन् ।

त्यस क्रममा परराष्ट्र मन्त्री खड्काले नेपालको विकास पहल र कोभिड१९विरुद्धको लडाइँमा निरन्तर सहयोगका लागि अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गरेका छन् ।

यस्तै, भेटका क्रममा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहभागितालगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ