arrow

सर्वोच्च अदालतको फैसलाप्रति ओली असन्तुष्ट: ‘फैसलाको समयले अग्निपरीक्षा लिनेछ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
kp-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेल्ने चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार सिंहदररबारबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले उनले सो फैसलाले मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा दीर्घकालीन असर पर्ने बताए ।

सरकारबाट बाहिरिदा आफूलाई कुनै चिन्ता नरहेको उल्लेख गर्दै ओलीले सर्वोच्चको फैसलाको समयले अग्निपरीक्षा लिदै जाने टिप्पणी गरे ।

संविधानको सर्वोच्चता र विधिको शासनमा विश्वास गर्ने भएकाले सर्वोच्चका फैसला पालना गर्ने बताउँदै उनले फैसलाले राज्यका मुख्य तीन अंगबीचको सन्तुलन खल्बल्याएको बताए । ओलीले जनादेश आफ्नो पक्षमा भएपनि परमादेश शेरबहादुर देउवाकोमा गएको औल्याउँदै भने, ‘जनताको जनादेशले होइन सर्वोच्चको परमादेशले सरकारबाट बिदा लिदैछु ।’

उनले आफ्नो कार्यकालमा इमानदारिताका साथ देशको समृद्धि, सुशासन, विकास यी कुराहरूलाई ध्यानमा राखेर जनतालाई सेवा, सुविधा पुर्‍याउने कुरालाई ध्यानमा राखेर काम गरेको दाबी पनि गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ