arrow

ओलीले भने : जनता मेरो कामले खुसी छन्, मलाई चिन्ता छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
kp-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुनै चिन्ता नरहेको बताएका छन । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा देशले चौतर्फी विकास, परिवर्तन र रुपान्तरणको अनुभव गरेको बताएका छन ।

यसै कारण जनता आफ्नो काम प्रति खुसी रहेकाले आफुलाई कुनै चिन्ता नभएको उनको भनाइ छ । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘जनताले राहत महशुस गरे, मेरो काम प्रति खुसी छन् मलाई चिन्ता छैन ।’

यसबाहेक ओलीले आफ्नो नेतृत्वमा रहेका बेला सरकारले थुप्रै खोप खरिदको प्रक्रिया अघि बढाएको तर आउँदो सरकारले चर्चा कमाउने टिप्पणी गरेका छन । उनले २ करोडभन्दा बढी डोज खोप खरिदको प्रक्रिया अघि बढेको बताएका हुन ।

फाइजर, मोडर्ना, कोभिसिल्ड र भेरोसेललगायतका खोप खरिद गरेर सन् २०२१ भित्रै धेरै जनसंख्याले खोप लाउने पाउने उनले बताएका छन ।

तर, नयाँ सरकारले आफुले नै खोप ल्याएको जसरी फोटो खिचेर चर्चा गर्ने गुनासो उनले गरेका छन । उनले भने, ‘अब अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौं भनेर तमसा शुरु हुनेछ मानिलिउँ चट गरेर आजै ल्याएका हुनकी जस्तो प्रचार गर्ने छन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ