arrow

बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
kp-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्याकालमा संविधानको पालना गरेको दावी गरेका छन् । आफ्नो नेतृत्वमा सरकारले संविधान कार्यान्वयनमा निकै महत्त्वपूर्ण उपलब्धी हाँसिल गरेको सुनाए ।

आफ्नो कार्यकालमा संविधान कार्यान्वयन, सङ्घीय प्रणालीको संस्थागत विकास, मुलुकको सामाजिक आर्थिक रुपान्तरण र विकास, सामाजिक न्याय, सुरक्षा, राष्ट्रियताको रक्षा र सुशासनका क्षेत्रमा दूरगामी महत्त्वका काम भएको ओलीको दाबी थियो ।

मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै उनले अब समयमै निर्वाचन हुनेमा शंका व्यक्त गर्दै ओलीले पुनःस्थापित प्रतिनिधिसभा बाँकी अवधि चलोस् भनेर शुभकामना पनि दिए ।

लोकतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भइरहेको जनाउँदै उनले देशका घटनाक्रम र पात्रले शंका उब्जिएको बताए । उनले भने, ‘अब बाँकी अवधि संसद चलोस्, मेरो शुभकामना छ, समयमा निर्वाचन होस ।’

सर्वोच्च अदालतले धारा ७६(५) मा दलीय ह्वीप नलाग्ने फैसला गरेपछि असन्तुष्टी ब्यक्त गरेका ओलीले  एउटै दलका सदस्य सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना लोकतन्त्रमा नगरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ