arrow

जनादेशबाट विजयी तर परमादेशबाट पराजित ओलीलाई शुभकामना : कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २९ मंगलबार
oli-thapa.png

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ यात्राको शुभकामना दिएका छन् । मङ्गलवार  सरकारबाट बाहिरिएका ओलीलाई थापाले शुभकामना दिएका हुन् ।  सामाजिक सञ्जालमार्फतमा थापाले जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना भनेका छन् । 

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको थियो ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै निवर्तमान प्रम ओलीका अविस्मरणीय योगदानको चर्चा गरेका छन् । उनले लेखेका छन्, ‘निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान: लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दाबी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश । जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना'

अदालतको फैसलालाई राजनीतिक फैसला भन्दै कार्यान्वयनमा जटिलता हुने र देश अस्थिरतामा फस्ने खतरा थापाले प्रतिक्रिया दिँदै आइ रहेका छन् ।  राप्रपाले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सर्वोच्च अदालतले गरेको फैसला र परमादेश संसदीय व्यवस्था, बहुदलीय प्रणाली र शक्ति पृथकीकरणको मान्यता विपरीत रहेको धारणा सार्वजनिक गरेको थियो ।

मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले आफू सरकारमा जाँदा वा बाहिरिँदा जनतालाई सर्वाधिकार सम्पन्न ठान्ने तर आज अदालतको आदेशबाट बाहिरिएको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ