arrow

बालुवाटार छाड्दै ओली, यसरी जाँदैछन् बालकोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाड्दै छन् । सोमबार सर्वोच्च अदालतले ओलीलाई अपदस्थ गरेपछि उनी प्रधानमन्त्रीको सरकारी निवास छाडेर आफ्नै निजी निवास भक्तपुरको बालकोट जान लागेका हुन् । 

दोस्रो पटक संसद विघटन गरेर संविधानको गलत बाटोबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री बनाइएका उनलाई हटाएर सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि देउवा प्रधानमन्त्री भएका छन् । 

झण्डै दुई तिहाईको समर्थनबाट २०७४ को फागुन ३ गतेबाट प्रधानमन्त्री बनेका ओली भने बिदा भएका छन् । उनी बिदा भई सौहार्द वातावरणमा बालकोट जान लागेको नभई मंगलबार ब्युँताइएको एमालेको युवा संगठन युथ फोर्सलाई ब्युँताएर उसकै स्कर्टिङ्गमा बालकोट जान लागेका हुन् । 

बुधबार बिहान ११ बजे दुई हजार गाडी र तीन हजार बाइकले ओलीलाई स्कर्टिङ्ग गरी बालकोट लैजान लागेको युथ फोर्स इन्चार्ज महेश बस्नेतले मंगलबार नै बताइसकेका छन् । 

असंवैधानिक भएकै कारण निर्वाचित प्रधानमन्त्रीले अपदस्थ भएर घर फर्किदासमेत कौशलटारदेखि बालकोटसम्म सडकको दायाँ बायाँ मानिसहरुले पुष्पगुच्छासहित ओलीलाई स्वागत गर्ने बताइएको छ । 

ओलीले मंगलबारमात्रै पनि जनताको आदेश आफूसँग रहेको तर अदातलको परमादेश आफूसँग नरहेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ