arrow

स्वेच्छाचारी मुख्यमन्त्री पोखरेलको राजीनामा माग्यो विपक्षी गठबन्धनले 

logo
नारायण वली, 
प्रकाशित २०७८ साउन २ शनिबार
Shankar-Pokharel1-1619947417.jpg
तस्वीर–मुख्यमन्त्री पोखरेल, फाइल ।

रुपन्देही । विपक्षी दलहरुको गठनबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ । संसद अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएपछि विपक्षी गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा पोखरेलको राजीनामा माग गरेका हुन् ।

बजेट पास गर्न नसक्ने अवस्था आएपछि बिहीबार प्रदेशसभा बैठक चल्दै गर्दा मुख्यमन्त्री पोखरेल बिचैमा उठेर बाहिरिएका थिए । सोही दिन मध्यराति प्रदेशसभा अधिवेशन अन्त्य गरियो । शुक्रबार बिहान अध्यादेश मार्फत बजेट ल्याइएको  छ । 

यो अलोकतान्त्रिक र असंवैधानिक स्वेच्छाचारी कदम भएको भन्दै गठबन्धन चार दलले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस परिघटनाले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परिसकेको  प्रमाणित गरेको दाबी गरेका छन् ।

जारी विज्ञप्तिमा गठबन्धनले स्वेच्छाचारी ढंगले सरकार नचलाउन र मुख्यमन्त्रीबाट राजीनामा दिई बजेट प्रदेशसभा अधिवेशनबाटै पारित गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ