arrow

प्रहरीकै चिकित्सकको प्रमाणपत्र नक्कली

logo
प्रकाशित २०७३ असार २४ शुक्रबार
doctor-banner.jpg.jpeg
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा महेशमान प्रधानले प्रस्तुत गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार अभियुक्त प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बिएस्सीको प्रमाणपत्रमा जन्ममिति सच्याई झुटो विवरण दिई भ्रष्टाचार गरेको पाइएको हो । आयोगले प्रधानलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ