arrow

प्रेम आले, किसान श्रेष्ठ र धन बहादुर बुढाको ओलीलाई छोडेर देउवालाई सहयोग गर्नु पछाडीको स्वार्थ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ४ सोमबार
ale-buda-shartha.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको दुवै पक्षबाट विश्वासको मत पाए । माधवकुमार नेपाल समूहले विश्वासको मत दिने कि नदिने भन्ने बारेमा खटपट भैरहँदा केपी शर्मा ओली पक्षका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिए ।

नेपाल पक्षकै ११ जनाले भने देउवालाई मत दिएनन तर ओली पक्षका ८ जनाले माधवकुमार नेपालसँगै गएर विश्वासको मत दिएका थिए । उनीहरुले किन त्यसो गरे भन्नेबारेमा आम चासो भइरहँदा जनमतको जोगाएको र सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेको जवाफ दिएर उनीहरु पन्छिएका छन् ।

एमाले अध्यक्ष केपी ओलीसँग विभिन्न कारण असहमत रहेका र सधै शक्तिको नजिक हुनुपर्ने बाध्यता कारण पनि कतिपयले देउवा नेतृत्वको सरकारलाई मत दिएका हुन भने केहीले आफू अब एमालेको तर्फबाट वा अन्य कुनै कारणले पनि सांसद हुननसक्ने अवस्था रहेका कारण माधवकुमार नेपालसँग लाग्दा देउवा सरकारको पालामा मन्त्री पाइन्छ कि भन्ने आशबाट पनि नेपाललाई साथ दिएको पाइन्छ । ‘संकटको बेलामा साथ दिएको जस्तो पनि हुने, कारवाही पनि नहुने, अवसर आउँदा दावी पनि गर्न पाउने कारण ओलीतिर रहेका आठ जनाले माधव नेपाललाई साथ दिएका हुनसक्छ’, नेपाल निकट स्रोतले भन्यो ।

तर किसान श्रेष्ठ र प्रेम आले र धनबहादुर बूढाको हकमा भने अलि फरक छ । किसान श्रेष्ठ व्यवशायी हुन् । उनको नेपाली कांग्रेस निकटका व्यापारीहरुसँग पनि साझेदारी रहेको छ । कतिपय स्थानमा होटल, हाउजिंङको साझेदारी रहेका श्रेष्ठ हाल सिमरास्थित अन्तर्राष्ट्रिय विमानसथल नजिक होटल बनाउन लागिरहेका छन् । त्यहाँ उनी लगायत कांग्रेस निकट व्यवसायीहरुको पनि साझेदारी रहेको छ । उनी आफ्नो व्यवसायलाई सहज सञ्चालनको लागि देउवासँग निकट रहनेगरी विश्वासको मत दिएको स्रोतको दावी छ । ‘

तनहुँमा रामचन्द्र पौडेललाई पराजित गरेर आएका श्रेष्ठको धेरै ठाउँमा कांग्रेस निटक व्यवसायीसँग साझेदारीमा लगानी रहेको छ त्यसका उनी सहज होस भन्ने चाहन्छन र सर्वोच्च अदालतको फैसलाले उनलाई थप सहज बनाइदिएको हो’, श्रेष्ठ निकट एक नेताले भने । 

श्रेष्ठ ओली समूहमा अन्धभक्त भएर लागेका थिए । उनले रामचन्द्र पौडेललाई हराएर आएको भन्दै ओलीसँग धेरै पटक मन्त्री मागे । छिमेकी जिल्ला स्याङजाबाट गोपालमान श्रेष्ठलाई हराउनेलाई लामो समय मन्त्री बनाउने, दुई पटक मन्त्री दिने, लम्जुङकै पृथ्वी सुब्बालाई मूख्यमन्त्री बनाउने, आफूलाई चाहि केही जिम्मेवारी नदिने भन्दै ओलीसँग गुनासो समेत गरेका थिए । सधैजसो गुनासो लिएर उनी सुवास नेम्वाङको चेम्बरमा धाउने पनि गरेका थिए । तर ओलीले श्रेष्ठलाई मतलबै गरेनन ।

ओलीले वास्ता नगरेपनि ओली सरकार जोगाउन महेश बस्नेतसँग मिलेर जसपाका सांसद अपहरणमा समेत लागे । त्यतिगर्दा पनि वास्ता नगरेपछि उनले केही दिन अघि नै संसद जोगाउन देउवालाई विश्वासको मत दिने बताएका थिए । ओलीले प्रेम आले, किशान श्रेष्ठ लगायतका सांसदहरुले देउवालाई विश्वासको मत दिने थाहा पाएपछि संसदीय दलको बैठकमै किस्ती किस्तीमा मन्त्री बाडिरहेका छन् हामीले सचेत हुने बेला आएको छ भनेका थिए ।

अर्का सांसद आलेलाई शक्तिकेन्द्रको आडभरोसाको आवश्यकता रहेको छ । उनले वन पैदावार व्यवसाय मार्फत अवैध रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्वत्ति शुद्धिकरण विभागमा उजुरी रहेको छ । विभागले उनलाई दुई पटक बोलाएर सोधपुछ पनि गरिसकेको छ ।

सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्धा चल्नुअघिनै उनले राजनीतिक शक्ति केन्द्रको आडभरोसा खोज्दै आएका छन् । त्यही क्रममा उनी केही दिन अघि देउवा निवासमै पुगेर आफूले विश्वासको मत दिन लागेको बताएका थिए । आज भन्दा २२ वर्ष अघि नै उनी विरुद्ध डोटी जिल्ला अदालतमा काठ तस्करी गरेको मुद्धा परेको थियो ।

‘२०५५ वैशाख १० गते साविक छतिवन गाविस-९ रुबसकाँडा बस्ने प्रेमबहादुर आले र छतिवन–८ का राधेश्याम बडाऐरसमेतले मिलेर छतिवन गाविसका वडा नम्बर ५ र ८ मा रहेको वनबाट अबैधरूपमा ११ हजार २ सय ३२ दशमलव ८४ क्युफिट काठ कटाएको प्रमाणित भएकाले वन ऐन २०४९ को दफा ४९ (घ) र (ङ) को कसुरमा सोही ऐनको दफा ५० (१) (घ) ४ नम्बरबमोजिम बिगो ४ लाख ४९ हजार ३ सय १४ रुपैयाँ ८० पैसाको दोब्बर रुपैयाँ र एक वर्ष कैद गर्न तथा बरामद काठ जफत गरी कारबाही गरिपाउँ’ भन्दै त्यतिखेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको थियो ।

त्यसबेला उनले सबै हिसाब मिलाएर उम्केका आलेलाई अकुत सम्पत्ति आर्जन गरेको अभियोग कायमै छ । उक्त मुद्दाबाट छुटाकारा पाइसकेपछि २२ वर्षको बीचमा आलेले वन पैदावार व्यवसाय र राजनीतिलाई बाहुबल र पैसाका आडमा एकसाथ अगाडि बढाउँदै लगातार ठूलो फड्को मारेका थिए ।

उनले डोटीबाट दुईपटक संसदीय निर्वाचन जितिसकेका छन् । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को आन्तरिक द्वन्द्व सम्हाल्न नसकेर संसद विघटन गरेपछिको कामचलाउ सरकारमा आलेको मन्त्री बन्ने सपना पूरा हुँदा उनले वन मन्त्रालय पाएका थिए । तर पाँच महिनामै ओलीले हटाएपछि उनी रिसाएका थिए ।

डोल्पाका अर्का सांसद धनबहादुर बूढा पनि यार्सा गुम्बाका ठूला व्यापारी हुन । लामो समय पर्यटन राज्यमन्त्री रहेका बूढालाई योगेश भट्टराई पर्यटन मन्त्री भएपछि ओलीले हटाएका थिए । त्रिभुवन विनानस्थलमा मन्त्रीकै गाडीमा यार्सा गुम्बा बोकेर गएको भन्दै तत्कालिन प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई जानकारी दिएका थिए । उनले मन्त्रीबाट हटाइदिनुपर्यो हामीलाई विमानस्थलमा अप्ठेरो पर्यो भनेका थिए ।

तर ओलीले उनलाई प्रहरीको कुरा नसुनाई राजीनामा दिनु त्यहाँबाट वामदेवलाई सांसद जिताएर ल्याउनु भनेपछि ओलीसँग उनको पनि सम्बन्ध चिसिएको थियो । ‘खासमा बूढा वामदेवकै मान्छे थिए तर ओलीले राज्यमन्त्रीबाट हटाए त्यसपछि वामदेवलाई डोल्पाबाट निर्वाचन जिताएर ल्याउनु भनेपछि भने चिढिएका हुन्’,ओली निकट एक नेताले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ