arrow

रोनाल्डो भन्छन्- क्लब र आफ्नालागि सबै जितें अब देशकालागि जित्न चाहान्छु

'खेलमा क्रमिक सुधार गर्दै आएको पोर्चुगलले युरोको उपाधि जित्दैछ'

logo
प्रकाशित २०७३ असार २५ शनिबार
Euro_Ronaldo.jpg.jpeg
काठमाडौं। युरो २०१६मा साधारण सुरुवात गरेको पोर्चुगलले फाईनलमा आयोजक फ्रान्सको सामना गर्दैछ। आफ्नो घरेलु मैदानमा बलियो मानिने फ्रान्सलाई पोर्चुगलले पाखा लगाउन हम्मे नै पर्ने देखिन्छ। 
 
सन् २००४को युरोमा ग्रीससँग फाईनले हारेको पोर्चुगलले फेरि अर्को फाइनल हार्न चाहाँदैन्। ग्रीससँग हार ब्योहोर्ने टोलीमा रहेका रोनाल्डो १२ पर्ष पछि फाईनल पुग्ने पोर्चुगिज टोलीका कप्तान रहेका छन्। उनी आफ्नो देशलाई ठुलो प्रतियोगिताको उपाधि दिालउन चाहान्छन्। 
 
'मैले क्लब स्तरमा धेरै उपाधि जितेको छु। टोलीकालागि र ब्यक्तिगत तर मेरो ईच्छा देशकालागि उपाधि जिताउने छ।' रोनाल्डोले युईएफए डट कमलाई भनेका छन्। 
 
'उपाधि जित्न सकिने विश्वास छ, साथै टोलि पनि उत्साहित र प्रतिब्द्ध देखिन्छ उपाधिकालागि त्यसैले आइतबार पोर्चुगलले एउटा प्रमुख उपाधि जित्दैछ' रोनाल्डोले भनेका छन्। 
 
प्रतियोगिताको शुरुवात अति नै सुस्त किसिमले गरेको पोर्चुगलले समुह चरणमा कुनै पनि खेल जित्न सकेको थिएन। राउण्ड अफ सिक्सटिनमा पोल्याण्डलाई टाईब्रेकरमा पराजित गरेको पोर्चुगलले क्वार्टरफाईनलमा क्रोएसियालाई थप समयमा १ गोलले पराजित गरेको थियो। सेमिफाईनलमा आफ्नो खेलमा सुधार गर्दै वेल्सलाई २-०ले पराजित गरेको थियो।
 
प्रतियोगगितासँगै प्रदर्शन सुधार्दै लगेको पोर्चुगलकालागि अग्रपंक्तिका स्टार रोनाल्डो र नानी लयमा फर्किएका छन्। त्यसैगरि १८ बर्षिय सान्जेसले पनि राम्रो खेलको प्रदर्शन गरिरहेका छन्। पेपेले पनि रक्षापंक्तिमा राम्रो खेलको प्रदर्शन गरिरहेका छन्। उनले सामान्यतया खेल्ने आक्रमक खेललाई युरोमा रोकेका छन्। 
 
रोनाल्डोले प्रतियोगिताका शुरुवाती खेलहरुमा राम्रो लय देखाउन सकेका थिएनन तर खेल अघि बढ्दै जाँदा उनी लयमा फर्किएका छन्। वेल्स बिरुद्धको गोल र खेलमा उनको नियन्त्रण देख्दा पोर्चुगललाई रोक्न फ्रान्सलाई गाह्रो देखिन्छ तर घरेलु मैदानमा घरेलु दर्शकको सामु फ्रान्स उापधिकालागि फेवरेट देखिन्छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ