एजेन्सी । सलमान खानको चलचित्र 'सुल्तान' रिलीजसँगै बक्स अफिसमा सफल भएको छ । चलचित्रले रिलीजको पहिलो दिनमा ४० करोड भारतिय रुपैयाको कमाइ गर्दै सन् २०१६ कै सबैभन्दा ज्यादा कलेक्सन गर्ने चलचित्र बनेको छ । अब 'सुल्तान'को फ्यानको लगि खुशीको कुरा यो रहेको छ कि चलचित्रको सीक्वल बनाउने तयारीमा युनिट देखिएको छ ।
'सुल्तान' को सीक्वल बन्ने चर्चा हुदै गर्दा निर्माता आदित्य चोपडाले चलचित्र प्रति दर्शकको प्रतिक्रिया बुझेका छन् । चलचित्रको कमाइ र दर्शकको समर्थनले उनि 'सुल्तान' को सीक्वल बनाउन तयार भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार आदित्य चोपडाले सुल्तानका निर्देशक अली अब्बास जफरसँग सुल्तान २ को स्क्रिप्ट विषयमा कुरा गरेका छन् । आदित्य चोपडाले सलमान खानलाई 'सुल्तान २' को लागि अफर गरेको समेत जनाइएको छ ।