arrow

कोरोना अपडेट : निको हुनेभन्दा झण्डै दोब्बर सङ्क्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या  ७ लाख २४ हजार ४५५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३६ हजार ४०२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या  ९ हजार ६३७ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ रहेको छ । पछिल्लो २४ घण्टाको तथ्यांकले संक्रमणदर १९.२ प्रतिशत रहेको देखाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ