arrow

कालापानीका खबरलाई समेटेर पत्रिका प्रकाशनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ६ बुधबार
kalapani-khabar.jpg

कञ्चनपुर । सूचना प्रवाह गर्ने कर्तव्य र दायित्व बोध गर्दै सुदूर पश्चिमका आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले मङ्गलवारदेखि कालापानी खबर साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । मङ्गलवार एक कार्यक्रमको आयोजना गरी पत्रिकाको विमोचन गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामी र उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले संयुक्त रूपमा पत्रिकाको विमोचन गरेका हुन् ।

पत्रकार ईश्वर दत्त बडू सम्पादक रहेको उक्त पत्रिका अब साताको हरेक मङ्गलवार प्रकाशित हुनेछ । नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीले पत्रकारिताको आचार संहितामा रहेर पत्रकारिता गर्न आग्रह गरे ।

राष्ट्रिय सुरक्षा, सत्य तथ्य सूचना, घटना र समाचार तथा शुद्ध लेखन सहित प्रकाशित गर्ने कुरामा प्रतिबद्ध रहेको सम्पादक बडूले बताए । सुदूर पश्चिमको उत्तरी सीमा नाकामा रहेको कालापानी क्षेत्र सधैँ पीडामा रहेको र सीमा सुरक्षा र राष्ट्रिय सुरक्षामा समेत राज्यको नजर पुगोस् भन्ने उद्देश्यले कालापानी नाम चयन गरिएको उनको भनाइ छ ।

कञ्चनपुर लगायत सुदूर पश्चिमका सम्पूर्ण पालिकाका खबरहरूलाई समेट्ने लक्ष्य रहेको उनले बताए । यस अवसरमा पत्रिकाको निरन्तरता र सफल सञ्चालनका लागि सूचना, विज्ञापन घटनाको जानकारी गराएर निरन्तर प्रकाशनमा सहयोग पुर्‍याउन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ