arrow

राजनीतिक दल एकजुट हुनुपर्छ–अध्यक्ष बिजुक्छे

logo
प्रकाशित २०७३ असार २५ शनिबार
narayanman-bijukchhe.jpg.jpeg
पोखरा । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दलहरु देशको सर्वोपरी हितमा एकजुट हुनुपर्ने बताएका छन् । 
 
नेपाल–चीन मैत्री सङ्घको आयोजनामा ‘चिनियाँ सपना’ नामक पुस्तकको आज  सार्वजनिकीकरण गर्दै उनले राम्रो कामको सुरुवात गर्न खोजेपछि त्यसबाट हुने फाइदा र बेफाइदाको आँकलन नै नगरी विरोध गर्नुपर्ने मानसिकता त्याग्न सबै दलसँग आग्रह गरे । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चीन गएको प्रतिनिधि मण्डलसँग चिनियाँ सरकारले जे–जस्तो सहयोगको वचन दिएका थिए, केही गरी सरकार परिवर्तन भइदियो भने ती वचन पूरा नहुने सम्भावना बढ्नेमा उनको चिन्ता थियो । 
 
नेपालको पूर्वाधार विकासका लागि चीनले जुनसुकै सहयोग गर्न तत्पर रहेको बताउँदै उनले एउटा असल मित्र राष्ट्रका लागि हाम्रो भूमिमा चीन विरोधी गतिविधि हुन नदिनेमा सचेत रहनुपर्नेमा जोड दिए । 
 
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक स्थिरताको कारणले नै छोटो समयमा चीनले विकासको ठूलो फड्को मारेको बताए  । कार्यक्रममा यादव शर्मा गौडेल, विश्व श्रेष्ठ, ज्योति भट्टचन, योगेन्द्रमान बिजुक्छेलगायतले नेपाल र चीनबीचको सम्बन्धका बारेमा धारणा राखेका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ