- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ज्यु, आजका यस समारोहका सभापति एव सीएनआईका अध्यक्ष शतीस मोहरज्यू, किनोट स्पिकर एण्ड सीइओ एन्ड भेरि एमिनेन्ट फेस अफ साउथ एसिया मिस्टर अमिताभ कान्त, डिग्नीट्रिज अन द डाएस एण्ड कलिग्स, फ्रेन्ड्स, लेडिज एण्ड जेन्टलम्यान।
आज सीएनआईले दुई वर्षको आफ्नो अनौपचारिक र अठार वर्षको औपचारिक यात्रा पूरा गर्दै यो ठाउँमा उभिएको छ । यो २० वर्षको दौरानमा एउटा प्रोफेसनल्ली ड्रिभन, स्पष्ट एजेण्डा बोकेको र रियल इन्भेस्टर, एम्प्लोइमेन्ट, जब क्रिएटरहरूको संस्था जस्को सञ्जाल राष्ट्रभरि बनाउने सपना बोकेको थियो। मलाई लाग्छ, त्यो ठाउँमा आज सीएनआई पुगेको छ । सीएनआई साँच्चिकै राज्यकै एउटा थिंकट्यांकको रूपमा अवस्थित छ। यसले अङ्गालेका पोलिसिजहरूलाई विश्वका पोलिसीहरुसँग र विश्वका सक्सेसफूल एक्जाम्पलहरुसँग दाँज्न सकिन्छ । त्यसकारण यो सरकारको एउटा अत्यन्त महत्त्वपूर्ण आर्मको रूपमा उभिएको छ ।
अमिताभ कान्तले भारतमा १५ हजार भन्दा बढी कानुनलाई स्क्र्याप गरेर काम गर्ने वातावरण बनाएको चर्चा गर्नु भयो। प्रजातन्त्र पुनर्वहालीपछि २०४६ सालमा नेपाली कांग्रेस नेतृत्वको र २०४८ सालमा नेपाली कांग्रेसको सरकारले लिएका कदमहरू, ती स्विपिङ रिफर्मसहरु, लाईसेन्स र टिप्पणीतन्त्रको अन्तको पृष्ठभूमिमा नेपालको अर्थतन्त्र अहिले पनि गतिशील छ । अन्यथा, २५ वर्षमा त्यसपछि देखिएको एक किसिमको राजनीतिक अस्थिरता, लगभग हरेक वर्ष बदलिने सरकारका बाबजुद पनि नेपालको अर्थतन्त्र अगाडि बढ्दै गयो । र त्यस अर्थमा, अघि यहाँ प्रक्षेपित गरिएका केही तथ्याङ्कहरू निराशाजनक देखिए पनि आश्चर्यचकित हुने अवस्था छैन । यसै दौरानमा राज्यले १२ वर्षको सशस्त्र क्रान्ति सामना गर्नुपर्यो । यसै दौरानमा राज्यले २ चोटी कोभिडको प्रकोप सहनु पर्यो जुन अहिले पनि विद्यमान छ ।
मलाई विश्वास छ कि अहिले भर्खरै प्राप्त भएको एउटा स्पष्ट मतका आधारमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा लगभग सबै प्रमुख दलहरू उपस्थित रहेको सरकारले अब सेकेण्ड जेनेरेसनको रिफर्मलाई अगाडि बढाउने छ । र यो सेकेण्ड जेनेरेसनको रिफर्मले धेरै वर्षदेखि थाती रहेका हाम्रा आर्थिक मुद्दाहरूलाई सल्टाउने छ । चाहे ती कूटनीतिक मुद्दाहरू हुन्, चाहे ती आर्थिक मुद्दाहरू हुन्, चाहे ती विकासका मुद्दाहरू हुन् । कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएपछि संसदमा पहिलो सम्बोधनका क्रममा आफ्नो प्राथमिकता भनेको भ्याक्सिन रहेको बताउनुभएको छ । उहाँले पहिलो, दोस्रो र तेस्रो प्राथमिकता प्रत्येक नेपालीलाई खोप उपलब्ध गराउने रहेको स्पष्ट पार्नुभएको छ ।
सरसर्ती अहिलेसम्मको स्थिति हेर्ने हो भने हामीलाई साँढे ५ करोड खोप चाहिएको छ । जसमध्ये केवल डेढ करोडसम्मको खोपको आयात गर्न सकेसम्मको बन्दोबस्त भएको कुरा तत्कालीन सरकारका प्रवक्ताले संसदमै बोल्नुभयो । त्यसमध्ये अहिलेसम्म जम्मा ६८ लाख आएको छ । खोपको लागि नेपाल, भारत, चाइना र अमेरिका जस्ता मुलुकहरूको बीचमा ठूलो र एउटा जटिल प्रतिस्पर्धाको वातावरण छ । त्यसलाई चिर्दै प्रधानमन्त्रीज्यूको नेतृत्वमा नेपालले प्रत्येक नेपालीलाई यहीँ वर्षको अन्तसम्ममा खोप उपलब्ध गराउँछ भन्ने कुरामा हामी विश्वस्त छौँ, आशातीत छौँ । र यो काममा सधैँ तल्लीनताका साथ लागि नै रहनेछौँ ।
२०४८ सालमा ६ ओटा यस्ता किसिमका नयाँ क्षेत्रहरूको सुरुवात गरियो जसको अंश अहिले जिडिपीको ३५ प्रतिशत हुन आउँछ। सर्भीसेस सेक्टर त्यसमा सबैभन्दा बढ्ता पर्न आउँछ । त्यो प्रोसेसलाई यदि निरन्तरता दिन सकेको भए आज राज्यको अर्थतन्त्रको तस्बिर नै फरक हुन्थ्यो । नेपाललाई फेरि एकचोटि साउथ एसियाको 'मोस्ट एट्र्याक्टिभ इन्भेस्टमेन्ट जोन' बनाउन पहल गर्न आवश्यक छ। किनकि एउटा डेमोक्र्याटिक सरकारको उपस्थिति स्वयं नै एउटा 'फिलगुड फ्याक्टर' हो ।
अर्थमन्त्रीज्यू प्रभाकरज्यू, जस्ले यो देशको १६/१६ घण्टाको लोडसेडिङको एउटा विकराल स्थितिबाट बाहिर निकाल्न जुन किसिमको क्रान्तिकारी वातावरण बनाउनु भयो । त्यस्तो योद्धा आज प्रधानमन्त्रीको साथमा हुनुहुन्छ । यस्तो प्रकारको योद्धाको साथले नेपालको अर्थतन्त्रलाई अर्को लेभलमा पुर्याउन सकिन्छ भन्ने कुरामा मेरो मनमा कुनै द्विविधा छैन । म बधाई दिन चाहन्छु माननीय अर्थमन्त्रीज्यूलाई, तपाइले यो सेकेण्ड चरणको रिफर्मको लिड गर्नुस् । यो सेकेण्ड चरणको टोटल स्विपिङ रिफर्मलाई लिड गरेर नेपाललाई एउटा यस्तो हब बनाउनुस् कि साउथ एसियाका मात्रै हैन, विश्वका बेष्ट एजुकेसन इन्स्च्युसनहरु, बेस्ट हेल्थ इन्स्च्युसनहरु, बेस्ट बीपीओ र आईटी क्षेत्रका इन्स्च्युसनहरुले नेपाललाई गन्तव्यका रूपमा रोजोस् ।
म दुबईको उदाहरण दिन चाहन्छु । मरुभूमिको बीचमा घेरिएको त्यो दुबई पहिला आफ्नो टार्गेट सेट गर्दछ र त्यसपछि आफ्नो इन्फ्रास्टक्चर निर्माण गर्दछ । नेपालले यदि चाह्यो भने ५० लाख टुरिस्ट मात्र चाइना र भारतबाट भित्र्याउँछ। प्रकृतिले सबै कुरा दिएकी छिन् हामीलाई । यदि त्यो ५० लाख टुरिस्ट यी दुइवटा मात्र मुलुकबाट भित्र्याउँछौँ भन्ने हामीले एउटा प्रण गरेर आफ्नो इन्फ्रास्ट्रक्चर बनाउन थाल्यौँ भने नेपालको मुहार फेरिन समय लाग्दैन। ४ लाख भन्दा बढ्ता युवा जो हरेक वर्ष नेपालको जब मार्केटमा आउँछन् । अहिलेको वर्तमान स्थितिमा उनीहरु कि त खाडीतिर कि सुदूरको बाटो भइ भारततिर जाने बाहेक अरू कुनै पनि अवस्था नभएको स्थितिलाई फेस गर्दछन् ।
प्रत्येक त्यस्ता युवालाई गरिखाने युवाका रूपमा स्थापित गर्नका लागि प्रधानमन्त्रीज्यूले एउटा गरिखाने अभियानको जिम्मा म र मजस्तै उद्यम र व्यापारका क्षेत्रबाट आएका, गरिखाने क्षेत्रबाट आएका पृथक् पोलिटिकल वर्गलाई जिम्मा दिनुभयो। ८ सय भन्दा बढी ती योजनालाई हामीले अगाडि बढाइसकेका छौँ, कोभिडका बाबजुद ।
मेरो आग्रह छ प्रधानमन्त्रीज्यू, कि यो गरिखाने अभियान भनेको घर(घरको अभियान बन्न सकोस् । सरकारको अभियान बन्न सकोस् । प्रत्येक ६ हजार यस्ता बैङ्कका शाखाहरू जस्लाई राष्ट्र बैङ्कको निर्देशन अनुसार परिचालित गर्नुपर्छ । हरेक शाखाले प्रत्येक वर्ष १० वटा यस्ता परियोजनालाई फाइनान्सिङ गर्नुपर्छ भन्ने जुन पोलिसी छ त्यसलाई गरिखानेको माध्यमबाट गर्न सकिन्छ। ६ हजार शाखाले १०को दरले गर्दा पनि ६० हजार यस्ता गरिखाने योजनाहरूलाई मूर्तरूप दिन सकिन्छ । र यो गर्न सकिन्छ सम्माननीयज्यू ।
अहिलेको यो नयाँ जिम्मेवारीका साथ आउनु भएका प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु कि एकचोटी फेरि नेपाल एउटा खुला, एउटा उदार, र एउटा ट्रान्सपेरेन्ट युगमा प्रवेश गर्दैछ भन्ने अनुभुती दिलाउन आवश्यक छ। यहाँ उद्योगधन्दा गर्नका लागि बिचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशका लगानीकर्ताहरूले खोजेर बसिरहेका छन् । र यसको सुरुवात अब छिट्टै हुनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँहरुको यो कार्यकालको सफलताका लागि कामना गर्दछु । शतीस मोरज्युलाई बधाई दिन चाहन्छु । तपाइले सीएनआईलाई एउटा नयाँ उचाइमा पुर्याउनुभयो । अब आउने नेतृत्वको अगाडि झन् ठुलो चुनौती छ । कि अब, यो नेपालको अड्केर बसेको विकासको यात्रालाई नयाँ तहमा पुर्याउने र त्यसमा तपाई एउटा सशक्त साझेदारको भूमिका खेल्न सक्नुहोस, मेरो तपाईँलाई र तपाईँको टिमलाई यो नै शुभकामना छ । धन्यवाद ।
(नेपाल उद्योग परिसंघको १८औं बार्षिक साधारणसभामा उद्यमी तथा सांसद विनोद चौधरीले व्यक्त गरेको मन्तव्य)