arrow

सहमति भएपछि मात्रै सरकारको बारेमा सोचिने : नेता सिटौला

logo
प्रकाशित २०७३ असार २५ शनिबार
Krishna-prasad-sitoula-sitaula.jpg.jpeg
बनेपा । नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रिय राजनीतिमा सहमति भएपछि मात्रै सरकारको विषयमा सोच्न सकिने धारणा व्यक्त गरेका छन् । 
 
नेपाल प्रेस युनियन, काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको पत्रकार भेटघाटमा सहमतीय राष्ट्रिय राजनीतिको प्रस्थानबिन्दु संविधानको कार्यान्वयन हो भने  । नेता सिटौलाले प्रमुख राजनीतिक दलबीच नयाँ समझदारी आवश्यक भएकामा जोड दिँदै नेपाली काँग्रेसका लागि सरकार दोस्रो प्राथमिकताको विषय भएको बताए । 
 
उनले भने – “नयाँ संविधानले व्यवस्था गरेका विभिन्न तहका निर्वाचन सम्पन्न गर्न निर्वाचनसम्बन्धी कानुन एकैचोटी बनाउन नसके ठूलो समस्या खडा हुन सक्छ त्यसैले सम्भव भए सर्वसम्मत नभए दुई तिहाइले निर्वाचनसम्बन्धी कानुन पारित गर्नुपर्छ ।” 
 
नेता सिटौलाले सरकारलाई प्राथमिकतामा राखेर काम भए विगतमा संविधानसभा विघटनको स्थिति दोहोरिन सक्नेप्रति चिन्ता व्यक्त गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ