arrow

विम्बल्डन टेनिस जितेर सेरेनाले रचिन् कीर्तिमान

logo
प्रकाशित २०७३ असार २६ आइतबार
serenaaaaaaa.jpg.jpeg
लण्डन । अमेरिकी विश्व नम्बर एक टेनिस खेलाडी सेरेना विलियम्सले २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि जितेर कीर्तिमान रचेकी छिन् । विम्बल्डन टेनिसको उपाधि जित्दै सेरेनाले जर्मनीकी खेलाडी स्टेफी ग्राफले राखेको सर्वाधिक २२ औ पटकको उपाधि कीर्तिमानको बराबरीसमेत गरेकी हुन् । 
 
विम्बल्डन टेनिसको शनिबारको फाइनलमा चौथो वरीयताकी जर्मनीकै खेलाडी एन्जेलिक केर्बरलाई पराजित गर्दै सेरेनाले किर्तिमानी बराबरी गरेकी हुन् ।
 
उपाधि जित्ने क्रममा सेरेनाले केर्बरलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरिन् । सेरेनाको यो सातौं विम्बल्डन उपाधि समेत हो । 
 
यता पुरुष एकल तर्फको फाइनल भिडन्तमा साँझ विश्व नम्बर दुई बेलायती खेलाडी एन्डी मुरे र छैटौं वरियताका क्यानेडियाका खेलाडी मिलोस राओनिक भिड्दै छन् ।
 
मुरेले सेमिफाइनलमा चेक गणतन्त्रका टोमस बर्डिजलाई तथा राओनिकले विश्व नम्बर दुई स्वीट्जरल्याण्डका रोजर फेडररलाई हराएर फाइनलमा ठाउँ बनाएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ