arrow

दुर्गममा इन्टरनेट पुग्यो

logo
प्रकाशित २०७३ असार २६ आइतबार
mahabir-pun-rural-internet-nepal.jpg.jpeg
दुनै (डोल्पा)। जिल्लामा इन्टरनेट सेवा विस्तारका लागि माइक्रो बेव रेडियो लिङ्क जडान गरिएको छ । 
 
तीन बर्ष अगाडि त्रिपुराकोट गाविसको रसी डाँडा र डोल्पा–जुम्ला सिमानामा रहेको मौरे लेकमा टावर निर्माण गरी काम सुरु गरिएको थियो । रेडियो लिङ्क जडानपछि सदरमुकाम दुनै र जुफालमा इन्टरनेट तथा फोन सेवा छिटो छरितो भएको स्थानीय टेकबहादुर शाहीले बताए । 
 
चार महिनाभित्र जिल्लाका विभिन्न गाविसमा भि-स्याट प्रविधिको फोनमार्फत सेवा विस्तार गरिने नेपाल टेलिकम डोल्पाका इन्जिनियर राम पन्तले जानकारी दिए । रेडियो लिङ्क विस्तारपछि सिमकार्डबाट टुजी इन्टरनेट चलाउन सकिने उनले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ