काठमाडौं। आयोजक फ्रान्स र पोर्चुगल युरो २०१६को उापधिकालागि नेपाली समय अनुसार सोमबार बिहान १२:४५मा आमने सामने हुँदैछन्।
पोर्चुगलकालागि यु उापधि पहिलो हुनेछ भने फ्रान्सले यस अघि २ पटक युरो प्रतियोगिताको उपाधि जितीसकेको छ। दुई टोलीलाई सिधा हेर्दा फ्रान्स बलियो देखिन्छ र फ्रान्सले पोर्चुगललाई पछिल्लो १० खेलमा हराएको ईतिहास छ।
फ्रान्सलाई घरेलु मैदान र दर्शकको साथ पनि रहनेछ। आफ्नो घरेलु मैदानमा फ्रान्सले सन् १९८४मा युरो कप र सन् १९९८मा विश्वकप फुटबल जितीसकेको छ। आफ्नो घरेलु मैदानमा पाएको सफलताहरुलाई हेर्दा फ्रान्सको उापधी जित्ने संभावना प्रवल देखिन्छ।
पोर्चुगल बिस्तारै लयमा फर्किएको टोली रहेको छ। समुह चरणमा तीन केल बराबरी खेलेर समुहमा तेस्रो भएर दोस्रो चरण पगेको पोर्चुगलले सेमिफाइनल बाहेक कुनै पनि खेल ९० मिनेटमा जितेको छैन्। सेमिपाईनलमा वेल्सलाई २-०ले हराउँदै फाईनल पुगेको पोर्चुगलकालागि स्टार खेालडी रोनाल्डोको प्रदर्शनले खेलको नतिजा स्पष्ट पार्ने छ।
युरो प्रतियोगिताको फाईनलमा कुनै सुत्रहरु नलागेको ईतिहास पनि छ। सन् २००४मा खासै बलियो नमानिएको टोलि ग्रिसले पोर्चुगललाई फाईनलमा हराउँदै उपाधि जितेको थियो। ग्रिसले उक्त उपाधि पछि खासै उल्लेख्य प्रदर्शनहरु गर्न सकेको छैन्।
१२ बर्ष अघिको बदला लिन पनि पोर्चुगलले आज उापधिकालागि खेल्ने छ। पोर्चुगलका अग्रपंक्तिका खेलाडी रोनाल्डो, नानी र सान्जेस राम्रो लयमा देखिएका छन्। रोनाल्डो र नानीले प्रतियोगितामा ३-३ गोल गरिसकेका छन् भने १८ बर्षिय सान्जेसले १ गोल गरेका छन्।
फ्रान्सका एन्टोनी ग्रिजम्यान युरो २०१६का सार्वाधिक गोलकर्ता रहेका छन्। उनालई रोक्न पोर्चुगलकालागि ठुलो चुनौती सावित हुनेछ। एथ्लेटिको मड्रिडबाट खेल्ने ग्रिजम्यानलाई रियालबाट खेल्ने पेपेले रोक्न सक्ने आश पोर्चुगलको टोलिले गरेको छ।
रियालबाट खेल्ने पेपेलाई ग्रिजम्यानको केल राम्री थाहा छ। जुन कुराको फाईदा पेपेले लिन सक्ने छन्। फ्रान्सका अग्रपंक्तिका खेलाषीहरु पाएट, जिरउ पनि राम्रो लयमा रहेका छन् उनीहरुलाई रोक्नु पोर्चुगलको रक्षापंक्तिका खेलाडीहरुलाई गाह्रो पर्ने छ।
खेल रोमाञ्चक हुने अनुमान खेल विश?लेषकहरुले गरेका छन्। पोर्चुगलले जिते रोनाल्डोले फुटबलमा एउटा नायँ उचाईं छुनेछन्।