- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमण दर उच्च भएको भन्दै झापाका अधिकांश स्थानीय तहमा निषेधाज्ञा जारी भएको अवस्थामा आगामी शनिवारदेखि जिल्लाभर निषेधाज्ञा जारी हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी को बैठकले आगामी शनिवारदेखि झापा जिल्लाभर पूर्ण रूपमा बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय झापामा बसेको डीसीसीएमसी र पालिका प्रमुखहरूको संयुक्त बैठकले जिल्ला नै सिल गर्ने सहमति भएको कार्यालयले जनाएको छ।
झापाको मेचीनगर, हाल्दिबारी, बुद्ध शान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोड यस अघि नै सिल गरिएका छन्।