काठमाडौं । चिकित्सा क्षेत्रको विकृति अन्त्यका लागि डा. गोविन्द केसीले आठौं चरणको आमरण अनसन थालेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा केसी अनसन बसेका हुन् । प्रधानमन्त्री केपी ओलीसंगको वार्ता सकिने वित्तिकै अनसन सुरु भएको हो । यसअघि, केसी पक्षका चार जना वार्ताका लागि बालुवाटार पुगेका थिए ।
सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै केसीले अपरान्हदेखि त्रिवि शिक्षण अस्पताल डी ब्लकको दोस्रो तलामा आमरण अनसन सुरु गरे ।
लगातार सात पटकसम्म अस्पताल प्रशासनले केसीलाई अनसन बस्ने ठाउँ दिदै आएकोमा यसपटक अस्पतालमा केसीलाई ठाउँ नदिएपछि डी ब्लकको एउटा सानो कोठामा केसी अनसन बसेका हुन् । केसीले आफुलाई सरकार, अख्तियार लगायत प्रशासनले ठाउँ नदिएको आरोप लगाएका छन् ।