सुलेमान उमेरमा १३ बर्षका छन् । तर उनि जब बासुरी बजाउन थाल्दछन् सुन्ने जो कोहि पनि मन्त्रमुग्ध हुनपुग्दछन् । यस्ता होनाहार सुलेमानले शनिवार इन्डियाज गट ट्यालेन्टको सातौ संस्करण को उपाधि आफ्नो हात पारेका छन् । उनलाई उपाधिसँगै ५० लाख भारतिय रुपैँया नगद, मारुति सुजूकी सेलेरियो र विशेष आकृतिमा तयार पारिएको ट्राफी प्रदान गरिएको छ ।
ट्राफी ज्यूरी मेन्बर्स किरण खेर, मोडल मलाइका अरोडा र करण जौहरले हस्तान्त्रण गरेका हुन् । अमृतसर क्यम्ब्रिज इन्टरनेशनल स्कूलका छात्र सुलेमान प्रसिद्ध बासुरी वादक हरिप्रसाद चौरसियाका चेला हुन् ।
उपाधि जिते पछि सुलेमानले भने , "इन्डियाज गट ट्यालेन्ट बन्नु मेरो लागि सबै भन्दा ठुलो उपलब्धि हो। आज मेरे बुवाको सपना पुरा भएको छ । यस शोले मलाई संसार सामु आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रसान गर्यो ।' साथै मेर प्रतिभामा निखार ल्याउने अवसर दियो। यसका लागि सबैलाई धन्यवाद । "
सुलेमानले आफ्नो उपलब्धिको लागि बुवा र गुरु पण्डित हरिप्रसाद चौरसियालाई आभार प्रकट गरे । उनले यो सफलता बा र गुरुहरु नभएको भए प्राप्त नहुने बताएका छन् ।