arrow

सुलेमानले बने 'इन्डियाज गट ट्यालेन्ट'

logo
प्रकाशित २०७३ असार २६ आइतबार
suleman.jpg.jpeg
सुलेमान उमेरमा १३ बर्षका छन् । तर उनि जब बासुरी बजाउन थाल्दछन् सुन‍्ने जो कोहि पनि मन्त्रमुग्ध हुनपुग्दछन् । यस्ता होनाहार सुलेमानले शनिवार इन्डियाज गट ट्यालेन्टको सातौ संस्करण को उपाधि आफ्नो हात पारेका छन् । उनलाई उपाधिसँगै  ५० लाख भारतिय रुपैँया नगद, मारुति सुजूकी सेलेरियो र विशेष आकृतिमा तयार पारिएको  ट्राफी प्रदान गरिएको छ ।
 
ट्राफी ज्यूरी मेन्बर्स किरण खेर, मोडल मलाइका अरोडा र  करण जौहरले हस्तान्त्रण गरेका हुन् । अमृतसर क्यम्ब्रिज इन्टरनेशनल स्कूलका  छात्र सुलेमान प्रसिद्ध बासुरी वादक हरिप्रसाद चौरसियाका चेला हुन् ।
 
उपाधि जिते पछि सुलेमानले भने , "इन्डियाज गट ट्यालेन्ट बन्नु मेरो लागि सबै भन्दा ठुलो उपलब्धि हो। आज मेरे बुवाको सपना पुरा भएको छ । यस शोले मलाई संसार सामु आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रसान गर्‍यो ।' साथै मेर प्रतिभामा निखार ल्याउने अवसर दियो। यसका लागि सबैलाई धन्यवाद । " 
 
सुलेमानले आफ्नो  उपलब्धिको लागि बुवा र गुरु पण्डित हरिप्रसाद चौरसियालाई आभार प्रकट गरे । उनले यो सफलता बा र गुरुहरु नभएको भए प्राप्त नहुने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ