arrow

सरकारी कर्मचारीप्रति यतिसम्म पूर्वाग्रह राख्थे केपी ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
kp-oli-balkot-meet.jpg

काठमाडौं। सरकारी कर्मचारीप्रति एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आस्थाको आधारमा कतिसम्म पूर्वाग्रही व्यवहार राख्थे भन्ने उनको बहिर्गमन पछि खुल्दै गएको छ। 

नेकपा एमालेको ओली गुटसँग निकट कर्मचारीलाई अवसर दिने, तर नेपाली कांग्रेस, माओवादी केन्द्र तथा एमालेको माधव नेपाल गुटसँग निकट भएका कर्मचारीलाई पेल्ने गरेको कर्मचारीहरू बताउँछन् ।

करिब डेढ महिना अघि वन मन्त्रालयका तत्कालीन सहसचिव नवराज ढुङ्गानालाई वनबाट गृहमा सरुवा गरियो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई सरुवाको चिठी समेत बुझायो । तर गृह मन्त्रालयले ढुङ्गानालाई हाजिरी गर्न दिएन । 

ढुङ्गाना गृहमा हाजिरी गर्न जानु भन्दा पहिले तत्कालीन गृहमन्त्री रामबहादुर थापाले कित्ता परिवर्तन गरी माओवादी केन्द्रबाट केपी ओली निकट भइसकेका थिए । स्रोत भन्छ, थापाको निर्देशनमा ढुङ्गानालाई हाजिरी गर्न दिइएन ।

किनभने ढुङ्गाना उपसचिव हुँदा माओवादीका नेता तथा तत्कालीन उद्योग मन्त्री मातृका यादवको सचिवालयमा बसेर काम गरेका थिए । सङ्घीय मन्त्रालय स्रोतले बतायो, माओवादी मन्त्रीको सचिवालयमा बसेको कारण ढुङ्गानालाई गृहमा हाजिरी गर्न दिइएन । गृहमा हाजिरी गर्न नदिए पछि ढुङ्गानालाई दलित आयोगमा पठाइयो । दलित आयोगले उनलाई हाजिरी गर्न दियो । 

चक्रपाणि खनाल कृषि मन्त्री हुँदा उनको सचिवालयमा बसेका शाखा अधिकृत सुरेन्द्र सुबेदी तथा नायब सुब्बा धर्मराज जैशीलाई माओवादी केन्द्र सरकारबाट हटे पछि उनीहरूलाई पनि सिंहदरबार बाहिर सरुवा गरियो । मातृका यादवको सचिवालयमा बसेका अर्का कर्मचारी बैकुण्ठ सापकोटालाई नवलपरासीको एक स्थानीय तहमा सरुवा गरियो ।

सुत्केरी बिदामा बसेकी नापी सर्वेक्षक अनिता लामालाई बिदामै बसेको बेला धनकुटाबाट मोरङमा सरुवा गरियो । धनकुटा उनको गृह जिल्ला थियो । सरुवा गर्नुको कारण थियो,  उनको राष्ट्रिय कर्मचारी सङ्गठनसँग आबद्धता ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ