विराटनगर । गिरिजाप्रसाद कोइराला फाउण्डेसनले जिल्ला विकास समिति तथा गाउँ विकास समितिको सहयोगमा मोरंङ महादेवाका ८५ जना एकल महिलालाइ आज सोलार वितरण गरेको छ ।
एकल महिलालाई उज्यालोबाट जिवन यापनमा सहजता आओस भन्ने उदेश्यले आदीवासी , जनजाती, मधेशी, राजवंशी लगायत दलित एकल महिलालाई सोलार वितरण गरेको हो ।
फाउण्डेसनकी अध्यक्ष एंव कांग्रेस नेतृ सुजाता कोइरालाले महादेवामा एक कार्यक्रमको आयोजनागरी सोलार वितरण गरिन् । वितरण भएका २० वाटको सोलारले ३ वटा वल सहज रुपले वल्न सकने साथै मोवायल चार्जगर्न समेत सहज हुने जिविसका उर्जा अधिकृत ज्ञानेन्द्र सिहले बताए । राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको विभिन्न वर्डाका महिलाहरुले सोलार पाएपछी खुशीले दंग परेका थिए ।
कार्यक्रममा बोल्दै कांग्रेस नेतृ कोइरालाले गिरिजा प्रसाद कोइराला फाउण्डेसनले गरिब निमुखा तथा पहुच पुग्न नसकेका जनतालाई लक्षित गरेर कार्यक्रम गरिरहेको बताइन् । उनले सिमावर्ती अन्य गाउ विकास समितिहरुमा पनि फाउण्डेसनले चाँडै सोलार वितरण गर्न लागेको बताइन् ।
एक जनाबाट एक हजार लिएर करिव १२ हजार मुल्य बराबरको सोलार पाएपछी महिलाहरु खुशी भएका थिए । करिव साढे आठलाख वरावरको सोलार वितरण गरिएको सिंहको भनाइ छ । उनले अन्य पाँच गाविसमा पनि सोलार वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।
मोरङ र झापा जिल्लाकोबीच सिमानामा पर्ने रतुवा खोलाको किनारमा बस्दै आएका महादेवाका एकल महिला सोलार पाएपछी अब घरनै उज्याले हुने भन्दै खुशि भए । सोलार खरिदगर्ने क्षमता नभएको अवस्थामा एक हजारमा सोलार पाइएला भन्ने कसैले नसोचेको उनीहरुको भनाई छ ।