arrow

प्रदेश १ मा बढ्दै संक्रमित, शुक्रवार मात्रै १० जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १६ शनिबार
province-1-corona.jpg

 विराटनगर । प्रदेश नं १ मा  कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । शुक्रवार मात्र प्।देशमा एक हजार १४४ सङ्क्रमित देखिएका छन् । भने प्रदेशमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सात महिला र तीन पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

शुक्रवार थपिएका सङ्क्रमितहरूमा एक हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र एक हजार ६६६ जनाको एन्टिजेन परीक्षणबाट ५६४ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१ मध्ये विराटनगरमा ५५, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६/१६, उदयपुरमा चार, खोटाङ र सङ्खुवासभामा दुई/दुई, ताप्लेजुङ र तेह्रथुममा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको छ । 

सो अवधिमा प्रदेशमा शुक्रवार ३९७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ पुरुष छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ