काठमाडौं। आयोजक फ्रान्सलाई हराउँदै पोर्चुगलले युरो २०१६को उापधि जितेको छ।निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि थप समयको १०९औं मिनेटमा एडरले गोल गर्दै पोर्चुगललाई जित दिलाएका थिए। पोर्चुगलले पहिलो पटक अन्तराष्ट्रिय स्तरको ठूलो प्रतियोगिता जितेको हो।
खेलको २४औं मिनेटमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डो फ्रान्सका पाएटले फाउल गरे पछि चोटका कारण बाहिरिएका थिए। पछिल्लो समय लयमा रहेका रोनाल्डोलाई गुमाउनु पर्दा पोर्चुगलको खेल बिग्रिएको थियो। उक्त स्थितीको फाईदा फ्रान्सले उठाउ सकेन।
फ्रान्सले केही राम्रा आक्रमणहरु गरे पनि गोल भने गर्न सकेको थिएन्। पोर्चुगलले धेरै आक्रमणहरु गर्न सकेको थिएन।
क्रिष्टियानो रोनाल्डो मैदानबाट बाहिरिंदा आँखामा आँशु देख्न सकिन्थ्यो उक्त आँशुलाई जितले हाँसोमा बदलेको थियो।