arrow

बढ्यो संक्रमण : 'एयर लिफ्ट' मार्फत संक्रमितलाई झापा ल्याउने क्रम सुरु 

logo
युवराज रेग्मी,
प्रकाशित २०७८ साउन १९ मंगलबार
airlift-bnc-hospital.jpg

झापा । कोरोना सङ्क्रमण बढेसँगै झापामा एयर लिफ्ट मार्फत संक्रमित ल्याउने क्रम सुरु भएको छ । पछिल्लो समय झापामा देशका विभिन्न स्थानबाट दैनिक जसो कोरोना सङ्क्रमितहरू एयर लिफ्ट मार्फत बेड सिफ्ट गरी ल्याउन थालिएको छ ।

देशभर अस्पतालका बेड अभाव हुने अवस्थामा बिर्तामोड स्थित बिएन्डसी अस्पतालमा बिरामीलाई एयर लिफ्ट मार्फत ल्याइएको हो । अन्य अस्पतालमा हेलिप्याडको सुविधा नभएका कारण बिरामीलाई एकै अस्पतालमा मात्र  एयर लिफ्ट गरिने गरेको छ ।  

सोमबार दिउँसो ताप्लेजुङ जिल्लाबाट होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितलाई एयर लिफ्ट मार्फत उपचारका निम्ति झापा ल्याइएको थियो ।  पछिल्ला केही दिनमा झापामा बाहिरी जिल्लाबाट हेलिकप्टर चार्टर गरेर ५ जना कोरोनाका बिरामीहरू उपचारका निम्ति ल्याइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरिले हाम्रा कुरासँगको टेलिफोन संवादमा बताए ।   

यस अघि गत चैत्र र वैशाख महिनामा देशका विभिन्न जिल्लाका अस्पतालहरूबाट एयर लिफ्ट मार्फत बेड सिफ्ट गरी ४० जना कोरोना सङ्क्रमितहरूलाई हेलिकप्टर मार्फत थप उपचारका लागि ल्याइएको थियो ।

भेन्टिलेटर सहित सघन उपचार कक्ष (आइसियु) तथा अक्सिजनको अभाव भएपछि काठमाडौँ लगायतका बाहिरी जिल्लाबाट कोरोना सङ्क्रमितलाई एयर लिफ्ट मार्फत बेड सिफ्ट गरी बिर्तामोड ल्याउने गरिएको छ ।



नयाँ