arrow

सरकारको राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार नवयुगसहित १० जनालाई (सूचीसहित)

पौडीकी गौरिका पनि

logo
प्रकाशित २०७३ असार २७ सोमबार
nawa.jpg.jpeg
काठमाडौं । सरकारले नेपाली फुटबल स्टार नवयुग श्रेष्ठ सहित १० खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मान गर्ने भएको छ ।
 
आउँदो साउन २८ (अगस्त १२) मा पर्ने युवा दिवसको अवसर पारी युवा तथा खेलकुद मन्त्रालयले सम्मान गर्ने भएको हो । खेलकुद मन्त्रालयका प्रवक्ता चूडामणि पौडेलका अनुसार १२ औं साग पदकधारी पाँच र राष्ट्रिय प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने १० खेलाडी तथा प्रशिक्षकलाई जनही  एक लाख सहित सम्मान गर्न लागिएको हो । 
 
फुटबलबाट नवयुग श्रेष्ठ, उसुकी निमा घर्तिमगर, जुडो खेलाडी फूपुल्याहमु खत्री, पौडी खेलाडी गौरीका सिंह, पारा खेलकुद प्रशिक्षक कुमार पौडेल लगायत छनोटमा परेका छन् ।
 
भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा नवयुगले ऐतिहासिक उपाधि दिलाउन महत्वपूर्ण योगदान दिएका थिए । यस्तै, उसुमा निर्माले स्वर्ण जितेकी थिइन् । यस्तै, गौरिकाले ऐतिहासिक रजत सहित ४ पदक जितेकी थिइन् । फूपुले समेत पदक जितेकी थिइन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ