arrow

प्रदेश १ मा ९ सय २२ संक्रमित थपिए, झापामा सबै भन्दा धेरै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २० बुधबार
province-1-corona.jpg

मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ९ सय २२ जनामा कोरोना सङ्क्रमण भएको छ । सो अवधिमा एक हजार ५६६ को पिसिआर परीक्षण गर्दा ४८५ र एक हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा सबैभन्दा धेरै संक्रमित रहेका छन् । पिसिआर परीक्षणका आधारमा बुधवार झापामा २ सय १५ जना संक्रमित पुष्टि भएको छ । 

त्यस्तै मोरङमा १३५ मध्ये विराटनगरमा ४१, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा छ, पाँचथर र सङ्खुवासभामा दुई-दुई, इलाम र खोटाङमा एक एक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ । 

सोही अवधिमा प्रदेशमा बुधवार ३६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जना महिलासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ