arrow

कम्युनिस्ट पार्टीको निमन्त्रणामा काँग्रेस सांसद चीनतर्फ

logo
प्रकाशित २०७३ असार २७ सोमबार
congress-flag-11111.jpg.jpeg
काठमाडौँ। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सांसद एवम् नेता आज चीन प्रस्थान गरेका छन् । 
 
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा काँग्रेस सांसद एवम् नेता ११ दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको सांसद रामचन्द्र पोखरेलले जानकारी दिए । भ्रमण टोलीको चिनियाँ पार्टीसँग राजनीतिक भेटघाट हुने बताइएको छ । 
 
पोखरेलसहित भ्रमण टोलीमा सांसदहरु सुरेन्द्र आचार्य, शारदा पौडेल, अनिता देवकोटा र रेशम बानियाँ, तनहुँ काँग्रेसका सभापति वैकुण्ठ न्यौपाने, पाल्पा काँग्रेसका सभापति वीरबहादुर राना, पूर्व राजदूत डा सुरेश चालिसे, पूर्व जिविस सभापति नारायणदत्त मिश्रलगायत १५ जना छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ