arrow

मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्ताव माथि छलफल हुने

logo
नारायण वली,
प्रकाशित २०७८ साउन २१ बिहिबार
shankar-pokh.jpg

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध परेको तेस्रो पटकको अविश्वास प्रस्ताव माथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशनमा छलफल हुने भएको छ ।

प्रदेश सभा सचिवालयले बिहीबार एक सूचना जारी गर्दै, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको जनाएको छ।

साउन १८ गते नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदहरूले मुख्यमन्त्री पोखरेल विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । 

उनीहरूले उक्त अविश्वास प्रस्ताव माथि छलफल गर्न प्रदेश सभाको विशेष अधिवेशन समेत बोलाउनु पर्ने प्रदेश प्रमुख शेरचन सामु माग गरेका छन् ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ