- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बार्सिलोना। आफ्नो बिदाइबारे आएका सूचनाहरूबारे पहिलो पटक सार्वजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले आइतबार बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।
क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्किँदै गरेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट बिदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेस्सीले सम्मेलनमा बोल्ने अपेक्षा गरिएको छ ।
बार्सिलोना क्लबले एक विज्ञप्ति जारी गरी भनेको छ, “चौतीस वर्षीय मेस्सीले मध्याह्न हुने प्रेस सम्मेलनमा उनको बार्सिलोनासँगको सहकार्य र बिदाइबारे सञ्चारकर्मीले सोधेका प्रश्नहरूको जवाफ दिनेछन् । उनको क्लबबाट विदाइ घोषणा भएदेखि पहिलो सार्वजनिक टिप्पणीहरू हुनेछन् ।
बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले शुक्रबार मेस्सीको सम्झौता नवीकरण गरेर आफू ‘क्लबलाई जोखिममा पार्न’ तयार नभएको कुरा बताइपछि मेस्सीबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले अनेक सम्भावनाबारे समाचारहरू लेखेका छन् ।
बार्साले अगस्त १५ मा ला लिगा सुरु हुनुभन्दा अगाडि ठुलो आर्थिक समस्याको सामना गरिरहेको बताउँदै लापोर्टाले बार्सिलोना अब मेस्सीसँग करार नवीकरण गर्ने सोचमा नरहेको बताइका छन् ।
अर्जेन्टिनी फरवार्डले अन्य प्रस्तावहरूमा विचार गरिरहेको समाचारहरू आइरहेका समय उनको प्रेस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।सन् २०१७ मा विश्व कीर्तिमान २२२ मिलियन युरो (२६४ मिलियन अमेरिकी डलर) का लागि बार्सिलोनाबाट नेयमारलाई किनेको पीएसजी फ्रान्सको रिपोर्टअनुसार मेस्सीसँग उसले करार गर्न चाहेको बुझिएको छ ।
मेस्सीले पिएसजीलाई क्लबमा सहभागी हुने इच्छा रहेको र तेस्रो सिजनको विकल्पमा दुई वर्षको सम्झौतामा छलफल चलिरहेको जानकारी दिएको फ्रान्सेली टेलिभिजन आरएमसी स्पोर्टले जनाएको छ ।