arrow

महाभारत युद्धमा बाचेका अश्वत्थामा

logo
महाभारत,
प्रकाशित २०७८ साउन २४ आइतबार
mahabharat.jpeg

अश्वत्थामाको जन्म महाभारत काल अर्थात् द्वापर युगमा भएको थियो। उनी त्यस युगका श्रेष्ठ योद्धाहरू मध्ये एक मानिन्छन्। उनी गुरु द्रोणाचार्यका पुत्र र कुरूँ वंशका राजगुरु कृपाचार्यका भान्जा थिए। 

द्रोणाचार्यले नै कौरव र पाण्डवहरूलाई शस्त्र विद्यामा पारङ्गत बनाएका थिए। महाभारतको युद्धको दौरान, गुरु द्रोणले हस्तिनापुर राज्यको प्रति निष्ठाको कारण, कौरवहरूलाई समर्थन गर्न उचित सम्झिए।

आफ्नो बुबा जस्तै, अश्वत्थामा पनि शास्त्र विद्यामा कुशल थिए। पिता-पुत्रको जोडीले महाभारतको युद्धको क्रममा पाण्डवहरूको सेनालाई छिन्नभिन्न बनाएको थियो। पाण्डव सेनालाई निराश देखेर श्रीकृष्णले द्रोणाचार्यको वध गर्नको लागि युधिष्ठिरलाई कूटनीतिको सहारा लिन भने।

यसै योजना अनुसार युद्ध भूमिमा अश्वत्थामा मारिएको हल्ला फैलिएको थियो । जब द्रोणाचार्यले धर्मराज युधिष्ठिरबाट अश्वत्थामाको मृत्युको सत्यता जान्न चाहन्थे, युधिष्ठिरले जवाफ दिए कि 'अश्वत्थामा हतो नरो वा कुंजरो वा'  (अश्वत्थामा मारिएको छ, तर मलाई थाहा छैन कि उनी नर थिए कि हात्ती)। यो सुनेर गुरु द्रोण पुत्र मोहमा शस्त्र त्यागेर किंकर्तव्यविमूढ  युद्धको मैदानमा बसे । त्यही अवसरको फाइदा उठाउँदै पञ्चाल राजा द्रुपदका पुत्र धृष्टद्युम्नले उनको वध गरे।

बुबाको मृत्युले अश्वत्थामालाई दुखी बनायो। महाभारत युद्ध पछि, जब अश्वत्थामाले आफ्नो पिताको मृत्युको बदला लिन पाण्डव पुत्रको वध गरे । तथा   पाण्डव वंशको विनाशको लागी, उत्तरा को गर्भ मा जन्मेका अभिमन्युका छोरा परीक्षितको हत्या गर्नको लागी ब्रहास्त्र चलाए ।तब भगवान् श्री कृष्णले  परीक्षितलाई रक्षा गरेर सजायको रूपमा अश्वत्थामाको निधारमा मणि निकालेर तेजहीन बनाए । तब युगौँ युगसम्म भड्किरहने श्राप दिए ।   

भनिन्छ अश्वत्थामा नर्मदा नदी को किनारमा भड्किरहेका छन्  । उनी पृथ्वीको अन्त्यसम्म रहिरहनेछन् । 



नयाँ