- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिका उप-प्रमुख उमा थापा मगरले सोमवार प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटघाट गरेकी छन् ।
सोमवार प्रधानमन्त्री निवास बालुवाटार पुगी उप प्रमुख उमा थापा मगरले प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटघाट गरेकी हुन् । भेटघाटमा उप प्रमुख थापाले अहिलेको राजनीतिक अवस्था र नेपालगन्ज नगरका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् ।
उनले विशेष गरी नेपालगन्जको रिंगरोड, उपमहानगरपालिकाले सञ्चालन गरेको छात्रा कलेज,भेरी अस्पताललाई मेडिकल कलेजमा स्तर उन्नति, अन्तर्राष्ट्रिय क्रिकेट मैदान,हालै बन्दै गरेको नाथम कलेज जाने बाटो कालोपत्रे र नगरका बाँकी रहेका भित्री सडक स्तर उन्नति लगायतका योजना समेट्नु पर्ने माग राखेकी हुन् ।
उनको मागलाई सम्बोधन गदै प्रधानमन्त्री देउवाले आफूले पश्चिम नेपालको मुख्य व्यापारिक केन्द्रको रूपमा चिनिएको बाँके जिल्लाको नेपालगन्जका योजनाको विषयमा आफू गम्भीर रूपमा लाग्ने बताएका छन् ।