arrow

प्रदेश एक : एकै दिन ९ सय ५४ जनामा संक्रमण 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ साउन २५ सोमबार
province-1-corona.jpg

मोरङ । प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसै गरी कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, सङ्खुवासभामा २, पाँचथर र तेह्रथुममा १-१ जना छन् भने प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ । 

कुल १ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ जनामा संक्रमण पुष्टि भएको छ भने १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

झापाको बिर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९-१९, शिवसताक्षीमा १६, बुद्ध शान्तिमा १४, गौरादह, बाह्रदशी र कमल गाउँपालिकामा ४-४, हाल्दिबारी र झापा गाउँपालिकामा १-१ जना छन् । 

सुनसरीको इटहरीमा ४७, धरानमा ३७, वराहक्षेत्र मा ४, रामधुनी र इनरुवामा ३-३, हरिनगर, दुहबी र कोशी गाउँपालिकामा १-१ र स्थानीय तह नखुलेका २ जना छन् भने इलामको इलाम नगरपालिकामा १४, माङ्सेबुङ, रोङ, माईजोगमाई, सूर्योदय र माई नगरपालिकामा १-१ जना छन् ।

यसै गरी, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १-१ जना छन् । यस्तै, सङ्खुवासभामा २, पाँचथरको फिदिममा १ र तेह्रथुममा १ जना छन् ।

यस्तै, मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७-७, लेटाङ र कानेपोखरीमा ४-४, ग्रामथान र स्थानीय तह नखुलेका ३-३, केराबारी, रङेली र उर्लाबारीमा २-२, सुनबर्षी र कटहरिमा १-१ जना छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ