arrow

म फेरि पनि मुल ढोका र मुल गेटबाट प्रधानमन्त्री बन्नेछु : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
kp-samsad.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो देश र देशका जनताका लागि जन्मिएको दाबी गरेका छन् । उनले आफू प्रधानमन्त्री बन्न जन्मेको नभइ जनताको सेवाका लागि जन्मेको बताएका हुन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसदमा सम्बोधन गर्दै उनले आफूलाई जालझेल र तिकभिडम गरेर हटाएको बताउँदै उनले फेरि पनि मुल ढोका र मुल गेटबाट सरकारमा आउने बताए ।

‘म राम्रो ग्रह दशाले प्रधानमन्त्री भएको होइन । म कुनै नेताको जालजेल, महत्वकांक्षा, कुन्ठा आदिको समीश्रणबाट पनि प्रधानमन्त्री भएको होइन । म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । परमादेशबाट पनि प्रधानमन्त्री भएको होइन म जनमतबाट आएको प्रधानमन्त्री हुँ’ उनले भने,‘अदालतमा धेरै विवाद ल्याउनु जरुरी छैन् । अदालतको फैसलाको मूल्यांकन होला ।’

आफूलाई प्रधानमन्त्रीबाट हट्नु परेकोमा चिन्ता नभइ अदालतको विश्वसनीयतामा कमी नहोस भन्ने रहेको बताउँदै ओलीले आफू लोकतन्त्र जोगाउन लागेको बताए । उनले भने,‘अब देश अलोकतान्त्रिक संस्कृतिमा ड्राइभ हुन थालेकाले चिन्ता लागेको छ ।’

एक महिनामा पनि सरकारले पूर्णता पाउन नसकेकोमा कटाक्ष गर्दै उनले भने,‘प्रतिपक्षको कुरालाई सुन्न र मेरा आरोपहरुलाई फेल गराउन लाग्नुहोस ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ