arrow

लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता लिनुहोस, नसके डेढ बर्षपछि हामी फिर्ता ल्याउँछौं : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
kp-samsad.jpg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पालामा तुइनहरु हटाएर पुल निर्माण गरेको बताएका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक संसदमा सम्बोधन गर्दै उनले दार्चुला घट्नाको तत्काल छानविन गर्न सरकारलाई आग्रह गरे ।
उनले भने,‘केपी ओलीको समयमा तुइन हटाउँछु भन्थ्यो भनेर हल्ला फिजाइयो । तर म आउनु अघि भारत सरकारले कुनै तुइन र पुल बनाउन दिएको थिएन । मैंले नै कुरा गरेर सहमति बनेपछि तुइन र पुलहरु बनेका छन् । त्यो प्रधानमन्त्री ज्यूलाई थाहा छ ।’

उनले अघिल्लो सरकारले शुरु गरेका कामहरुलाई बाध्य भएर निरन्तरता दिनहुने दाबी गरे । उनले लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या समाधान गर्छु भनेर बर्तमान सरकारले भन्नु खुट्टा कमाउनु मात्र हो भने । उनले भने,‘लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या होइन । समाधान गर्नुहोस । समस्या नभन्नुहोस । त्यो हाम्रो भूभाग हो, फिर्ता लिनुहोस’ उनले अघि भने,‘तपाइँहरुले सक्नुभएन भने डेढ बर्षपछि हामी आफैं सरकार आएर फिर्ता लिन्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ