arrow

माओवादीले चालेको कदम आत्मघाती : सञ्चारमन्त्री

‘माओवादी केन्द्र सरकारबाट बाहिरिनु राष्ट्र र दलका लागि घाटा'

logo
प्रकाशित २०७३ असार २८ मंगलबार
sher-dhan-rai.jpg.jpeg
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले   संविधान कार्यान्वयनको कार्ययोजना ल्याई राष्ट्रिय स्वाधीनताको रक्षामा कटिबद्ध वर्तमान सरकारलाई विस्थापन गर्न खोज्नु मुलुक र जनताको हितमा नभएको बताउँदै माओवादीले चालेको यस कदम आत्मघाती रहेको जिकिर गरेका छन्  । 
 
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री राईले संविधान प्राप्तिसँगै मुलुक आर्थिक विकास र समृद्धितिर लम्किरहेकाले प्रधानमन्त्री पदको लोभ गर्दै माओवादी सरकारबाट बाहिरिन हुँदैनथ्यो भने ।
 
अहिलेको अवस्थामा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिनु राष्ट्र र सो दलका लागि ठूलो घाटा रहेको बताएका हुन् । 
 
सो अवसरमा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले अब देश विकासका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ठूलो दल भएको हिसाबले अब सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्नेमा जोड दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ